महिलाले हरेक क्षेत्रको विकृति हटाउन सक्छन् 

समाज भाद्र २६ २०७६ ekhabarnepal
Dsc 2979 %28640x427%29

ललितपुर, भदौ २६
 सभामुख कृष्णबहादुर महराले महिलाले कुनै पनि क्षेत्रमा रहेको विकृति हटाउन योगदान  हुने बताउनुभएको छ । 
सञ्चारिका समूहले आज आयोजना गरेको ‘२३ औँ वार्षिकोत्सव तथा साधरणसभा’ कार्यक्रममा उहाँले हिजोको जस्तो एकाअर्कासँग निकट सम्बन्ध नभएर अहिले समाज ब्यापक बन्दै गएकाले समाजमा बिभिन्न खालका विकृति देखिन थालेको बताउनुभयो । आफूले नेतृत्व गरेको संगठनका अनुभवका आधारमा महिलाले कुनै पनि क्षेत्रमा रहेको विकृति हटाउन योगदान गर्न सक्ने देखिएको उहाँको भनाइ छ । पत्रकारीताको सुदृढिकरणमा महिला पत्रकारको भुमिका रहेको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘पत्रकारितालाई स्वस्थ, व्यवस्थित र मर्यादित बनाउन महिला पत्रकारको भुमिका रहेको छ ।’
सञ्चारिका समूहका निर्वाचित पहिलो अध्यक्ष तथा सिड कमिटीका उपाध्यक्ष बन्दना राणाले पत्रकार महिलाको लागि अहिले अवसर भएको र यसमा धेरै काम गर्न सकिने बताउनुभएको छ । 
नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकार महासंघले नियमित रुपमा मिडियामैत्री कानुन निर्माणका लागि सरकारलाई दवाव दिइरहेको बताउनुभयो । 
समूहका पुर्व अध्यक्ष पत्रकार बबिता बस्नेतले नयाँ र ‘मिड करियर’ पत्रकारको आफ्ना सहकर्मीसँग प्रतिष्पर्धा भए पनि पूरानाको आफैँसँग प्रतिष्पर्धा हुने गरेको औँल्याउनुभयो । 
समूहकी पूर्व पत्रकार अध्यक्ष निर्मला शर्माले समूहले बिगतदेखि नै महिलाका मुद्धा मूलप्रवाहीकरण गर्दै आएको बताउनुभयो । 
सामुदायिक रेडियो प्रशारक सङ्घका अध्यक्ष सुवास खतिवडाले जिल्ला÷जिल्लाका रेडियोहरुमा महिला पत्रकार सक्रिय रुपमा सूचना सम्प्रेषणको काममा लागिरहेको बताउनुभयो । 
समूहकी अध्यक्ष नितु पण्डितले समूहका प्रदेश र जिल्लास्तरमा संगठनहरु विस्तार भइरहेको र तीनले त्यस क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेको बताउनुभयो । 
समूहले हिमाल खवर पत्रिकामा प्रकाशित ‘मातृमृत्यु नघट्नुको कारण गुणस्तरहिन अक्सिटोसिन पनि’ लेखका लागि पत्रकार रामु सापकोटालाई सञ्चारिका समानता पुरस्कार प्रदान गरेको छ । एक वर्षभर  पत्रिकामा प्रकाशित लेखहरुबाट छनौट गरेर महिलासम्बन्धी उत्कृष्ट लेखलाई पुरस्कृत गरिँदै आइएको समूहले जनाएको छ । यस वर्ष उमासिंह पत्रकारिता पुरस्कारबाट पर्साकी पत्रकार माधुरी महतो पुरस्कृत हुनुभएको छ । यस वर्षको सञ्चारिका प्रोत्साहन पुरस्कारबाट पावर्ती थापामगर र सुष्मा बराइली सम्मानित हुनुभएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top