तामाङ्ग तरुण दलको कार्यकर्ता हुन् –रज्जाक

समाज भाद्र २६ २०७६ ekhabarnepal
Images

बुटवल, भदौ २६

नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले यस अनलाइनमा प्रकाशित एक समाचारप्रति आपत्ति जनाउनु भएको छ । पूर्व मन्त्रीका स्वकीय सचिवले सियारीको ४ विगा वढी जग्गा आफ्नो वनाएको पुष्टि शीर्षकको समाचारमा उल्लेखित विशाल तामाङ्ग स्वकीय सचिव नभएको दावी गर्नु भएको छ । रज्जाकका अनुसार निज तामाङ्ग तरुण दलको सदस्यमात्र हुन् । गत निर्वाचनमा आफूले चिने पनि निजसंग वढी हिमचिम नभएको र गल्ती गर्नेलाई आवश्यक कारवाही गनुुपर्ने विचार उहाँले ब्यक्त गर्नुभयो ।
केरवानीका तामाङ्गले सियारीको जग्गा कसरी वनाए भन्नेवारेमा खोजविन भइरहेको छ । उक्त पूर्जामा मालपोतका कुन कर्मचारीले हस्ताक्षर गरे भन्ने कुराले विशेष अर्थ राख्ने भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्यसतर्फ ध्यान आकृष्ट हुन जरुरी छ ।

गाउँपालिकालाई वनाएको निसाना आफ्नै कार्यकर्तामाथि लागेपछि नउठाउनुपर्ने विषयलाई प्रोपोगण्डा वनाइएको महसूस पार्टीभित्रै गर्न थालिएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top