वाल्यकालमै दुवै हात गुमाएकी रुपा सम्मानित

समाज भाद्र २६ २०७६ ekhabarnepal
Fb img 15681746672552201

सविता टण्डन
वुटवल, भाद्र 

रुपाको घर कपिलवस्तु हो । उनी अहिले देवीनगर बस्दै आएकी छन् । उनी ३ वर्षकी हुदा उनलाई करेन्ट लाग्यो र उनको दुवै हात काटियो । 
करेन्ट लाग्दा उनी बल्ल नरसरीमा अक्षरहरु चिन्दै थिइन । दुवै हात काटेपश्चात उनी नीको भइन र पढ्न सोही स्कुल जादा उनलाई स्कुलले पढ्न दिएन । स्कुलले उनलाई अपाङ्गले पढ्ने स्कुलमा पढ्रन भन्यो । त्यसपश्चात उनको २ वर्ष त विभिन्न स्कुलमा भर्ना लिन्छन् की भन्दै वित्यो । 
पछि उनले वुटलको शुख्खानगरमा रहेको दिप बोडिङमा भर्ना पाइन र उनी त्यही पढ्न थालिन् । भर्ना पाए पनि उनलाई पढ्न सहज थिएन । उनले दुवै हात नभएपछि मुखमा दातको विचमा  कलम च्यापेर अक्षर लेख्न थालिन् । पछि उनले खुट्टाको औलाले कलम च्यापेर शव्दहरु , वाक्यहरु लेख्न थालिन । सुरुसुरुमा त उनलाई खुट्टाले लेख्दा धेरै गाहे भयो । खुट्रटाले कलम च्यापेर लेख्दा उनलाई खुव खुट्रटा दुख्थ्यो रे । 
तर हरेस नखाइ उनले खुृट्टाले सरसरती लेख्ने , ल्यापटपमा अक्षरहरु टाइप गर्र्ने बानीको विकास  गरेर लेख्ने , पढ्ने गर्न थालिन् । उनी अहिले कक्षा ९ मा सपाङ्गले जस्तै गरी अध्ययन गर्दै आइरहेकी छन् । 
हो , उनको  यही लगन , मेहनत देखेर रोट्रयाक्ट क्लव अफ वुटवल रामापिथेकशबाट प्रोत्साहन स्वरुप रुपा सम्मानित भएकी हुन् । विभिन्न सामाजिक कार्य गर्दे आएको क्लवले गएको शनिवार चौथो पदहस्तान्तरण कार्यक्रमका बीच रुपालाई चेक र प्रशंसापत्रबाट सम्मान गरेको हो । 
अम्रपाली कटेजमा भएको सो कार्यक्रममा रुपा वुटवल उपमहानगरपालिकाका मेअर शिवराज सुवेदीको हातबाट रु ५००० रुपैयाको चेक र प्रशंसापत्र ग्रहण गर्दै सम्मानित भएको वर्ष २०१८÷२०१९ का क्लव अध्यक्ष साजन भण्डारीले बताए । 
उनले भने ूरुपा जस्तो कैयौ अपाङ्गलाई समाजमा अझै पनि स्वीकार गरिदैन । रुपाको दुवै हात नभएर के भो त रु उनले खुट्टाले कलम च्यापेर भएपनि लेख्ने पढ्ने गरी संपाङ्गले जसरी समाजमा एउटा प्रशंसनिय व्यक्तित्व बन्न सकुनू भन्ने मनशायले उनलाई उत्प्रेरणा र साहस मिलोस भन्ने हेतुले सम्मान गरिएको बताए । 
यस्तै अहिले पदहस्तान्तरण ग्रहण गरेका वर्ष २०१९÷२० अध्यक्ष दिपक चापागाईले यी र यस्तै उत्प्रेरण दिने , प्रोत्साहन गर्ने खालका सामाजिक कामहरु रोट्रयाक्ट क्लव अफ वुटवल रामापिथेकसले आगामी दिनमा पनि गर्ने बताए । 
रुपाले अध्ययनका अलवा बुटवलको सुख्खानगरमा रहेको बागेश्वरी संगितालयमा संगित पनि सिक्छिन् । उनले धनगढी , पोखरा , वुटवल लगायतका विभिन्न ठाउहरुका कार्यक्रममा गीत गाएर आफ्नो बुलन्द आवाजबाट सबैलाई मोहीत पनि बनाउने गरेको उनकी आमा इन्द्रकला रौतारले बताइन । 

प्राप्त प्रतिकृयाहरू

To Top