अपरिचितले गरे यात्रुबाहक बसमा आगजनी

समाज भाद्र २६ २०७६ ekhabarnepal
1568253152received 1106176179580297

 बुटवल, भदौ २६
पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत नवलपरासीको दाउन्नेमा यात्रु बाहक बसमा आगजनी गरिएको छ ।
महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ८४५३ नम्वरंको यात्रु बाहक बसमा अज्ञात समुहले विहीवार बिहान ५ बजे बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगजनी गरेको हो ।  बसमा सवार यात्रुहरु भने सूरक्षित रहेका छन् । 
आगजनीबाट मानवीय क्षती नभएको बुझिएको थप बिवरण आउन बाँकी रहेको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 
आगजनी कसले किन ग¥यो भन्ने खुल्न नसकेको र घटनामा सम्लग्नहरुको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top