नेपालको सामाजिक सुरक्षा कार्यक्रम सिको गर्दै म्यानमार 

राजनीति भाद्र २५ २०७६ ekhabarnepal
1568206891myanmar toli butwal 3

बुटवल, भदौ २५ । नेपालमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमबाट प्रभावित भएर म्यानमारको सामाजिक विकास मन्त्रीसहितको टोली नेपाल आएको छ ।
म्यानमारको नीति निर्माण तहको विशेषज्ञहरुसहितको अध्यय्न भ्रमण टोली  बुटवलमा आएको हो । टोलीले यहाँको सामाजिक सुरक्षा कार्यक्रमबारे अध्यय्न गरेको छ ।

नेपालमा २५ वर्ष अघि प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा सुरु भएको सामाजिक सुरक्षा भत्ता कार्यक्रमबाट प्रभावित भएर अहिले म्यानमारलेसमेत लागु गर्ने तयारी गरेको छ ।

सोही कार्यक्रमका बारेमा  जानकारी लिन त्यहाँका सामाजिक विकास मन्त्रीको नेतृत्वमा विज्ञहरुसहितको  टोली यहाँ आएको हो ।
म्यानमारको चाइन स्टेटका सामाजिक मन्त्री पाउलुन मिन थानसहित १२ जना  सहभागि टोलीले बुधबार बुटवल उपमहानगरपालिकाको अध्यय्न अबलोकन गरेको हो ।
उक्त टोली गत आइतबार देखि नेपालमा छ । टोलीले बुद्ध जन्मस्थल लुम्बिनीको  समेत अवलोकन गरेको छ । बुटवल उपमहानगरपालिकाले नेपालमै नमुना तरिकाले सामाजिक सुरक्षा कार्यक्रम  सञ्चालन गरेको भन्दै सुरुमे यहीँ आएको टोलीका संयोजक म्यानमारका मन्त्री  थानले बताउनुभयो ।

मन्त्री थानले आफुहरुले पनि यो कार्यक्रम म्यानमारमा  लागु गर्न चाहेकोले आवश्यक कुरा नेपालबाट सिकेको प्रतिक्रिया दिनुभयो । सो टोलीलाई उपमहानगरपालिकाका कार्यवहाक प्रमुख प्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले स्वागत गर्दै बुटवलको पञ्जिकरणको अवस्था र सामाजिक सुरक्षा कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

टोलीमा डीएसडब्लूका कार्यक्रम निर्देशक क्य लिन टिन, निर्देशक जमिन, योजना विभागका सह–निर्देशक लाक्याथिन, बजेट विभागका सहायक निर्देशक म्यो–म्यो आइ, ओएजीका सहायक निर्देशक ई मोन अङ, डीएस डब्लूका सहायक निर्देशक मोए–मोए सान, विश्व खाद्य कार्यक्रम म्यानमारका कार्यक्रम प्रमुख मार्कस प्रायर, सोही कार्यक्रमका सहायक प्रमुख सोए–सोए वीन तथा विश्व खाद्य कार्यक्रम अन्तर्गतको सीबीटी कार्यक्रमका नीति अधिकारी थिन–थिन आएका छन् ।

उनीहरुले नेपालको सामाजिक सुरक्षा कार्यक्रम र पञ्जिकरणको अध्यय्न पछि म्यनमारको सामाजिक सुरक्षा कार्यक्रमको नीति तयार पार्ने छ ।

बुटवल उपमहानगरपालिकाले सेवाग्राहीलाई वितरण गर्दै आएको सामाजिक सुरक्षा रकम, वितरण प्रणाली र सेवाग्राहीको सन्तुष्टि र पञ्जीकरणबारेमा टोलीले विशेष चासो दिएर अध्यय्न गरेको कावा प्रमुख आचार्यले बताउनुभयो ।
उक्त टोलीले वडा स्तरबाट भइरहेका कामहरुको बारेमा पनि विशेष चासो दिएको थियो । सोही क्रममा बुटवलको ५ नंम्बर वडा कार्यालयमा पुगेर त्यहाँको सेवाप्रवाहका बारेमा विशेष जानकारी लिएको वडा अध्यक्ष तेजप्रसाद विकले बताए ।

त्यहाँ पुगेर सफ्टवेयर देखि सेवाग्राहीका सन्तुष्टि र  सुरक्षा व्यवस्थाका उपायहरुका बारेमा जानकारी लिएको अध्यक्ष विश्वकर्माले बताए ।
बुटवलका महाशाखाहरुबाट भइरहेका कामहरु र पञ्जीकरणको अवस्था, सामाजिक सुरक्षा भत्ता लिनेहरुको अवस्थाका बारेमा जानकारी लिनुका साथै सेवाग्राहीसंग अलग–अलग प्रतिक्रियासमेत लिएको उपमहानगरपालिका सामाजिक महाशाखा प्रमुख तुलशा अर्यालले जानकारी दिनुभयो । बुटवलमा ८ हजार ५ सयजनाले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् ।

सामाजिक सुरक्षा सामाजिक न्यायको अभिन्न भाग मानिन्छ । यसले आर्थिक तथा सामाजिक रुपमा असुरक्षित वा जोखिम सम्भाव्य व्यक्तिलाई विभिन्न उपाय र निकायबाट विशेष सहुलियत, सहायता र संरक्षणको सुनिश्चित गर्दछ । लोकल्याणकारिता प्रवद्र्धन गर्ने नीतिगत तथा कार्यक्रमिक उपकरणका रुपमा यस्लाई लिइन्छ ।

खाद्यान्नमा अनुदान (छानिएका दुर्गम जिल्ला) सम्बन्धित कार्यक्रम, सामाजिक सहायता बीमा (वृद्ध भत्ता, एकल महिला भत्ता, अशक्त भत्ता, लोपोन्मुख आदिवासी भत्ता आदि) रोजगार सुरक्षा योजना, सार्वजनिक निर्माण कार्य (कामका लागि खाद्यान्न), कर्णाली विशेष कार्यक्रम, कर्मचारी सुरक्षा कार्यक्रम, सीप विकास कार्यक्रम, लक्षित कार्यक्रम, सामाजिक विकास कार्यक्रम, सामाजिक समावेशिता (आरक्षण र सकारात्मक विभेद) मार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top