नेपाल-भारत पेट्रोलियम पाइपलाइन उद्घाटनपछि इन्धनको मूल्य घट्यो

समाज भाद्र २४ २०७६ ekhabarnepal
 108733169 petroleum pipepline amlekhganj

काठमाडौं, भदौ २४ 

प्रधानमन्त्री ओलीले पेट्रोलियम पाइपलाइन उद्घाटन गरेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको घोषणा गरे।

निगमले डिजेल तथा मट्टितेलको नयाँ बजार मूल्य प्रतिलिटर ९५ र पेट्रोलको १०७ रुपैयाँ तोकेको छ।

तोकिएको समयभन्दा अगाडि नै पाइपलाइन निर्माण परियोजना सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गर्दै पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने गरेको समय तथा पैसा बचत हुने, सडकमा गाडीको चाप घट्ने तथा वायुप्रदूषण घट्ने आफ्नो विश्वास भएको उनले बताए।

उनले यो परियोजनाबाट दुई देशबीचको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरे।

पाइपलाइनाबाट पेट्रोलियम पदार्थ आउन थालेपछि नेपाललाई ढुवानीमा खर्च हुने वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी रकम जोगिने बताइएको छ।

पाइपलाइनबाट आउनेभएपछि इन्धनको गुणस्तर कायम रहने र मिसावट नहुने बताइन्छ।

पहिला ट्याङ्करबाट ल्याउँदा पेट्रोलियम पदार्थको परिमाण घट्ने र मिसावट तथा चोरी हुने गरेको थियो।
 

प्राप्त प्रतिकृयाहरू

To Top