भुसुनाको टोकाइबाट सर्ने कालाजारबाट एक जनाको मृत्यु

समाज भाद्र २४ २०७६ ekhabarnepal

 बुटवल,भदौ २४ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कालाजारबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन राना रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. कृष्ण खनालले जानकारी दिए ।

भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा कालाजार भएको पत्ता लागेपछि उनलाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । भुसुनाको टोकाइबाट यो रोग लाग्ने गर्दछ ।

यो रोग लागेमा सामन्यता लगातार ज्वरो आउने गर्छ भने फियो र कलेजोमा संक्रमण बढ्न गइ पेट फुल्लिने, कमजोरी महसुस हुनेलगायत लक्षण देखिने डा. खनालले बताए ।

चिकित्सकका अनुसार यो रोग लागेमा रक्तअल्पत्ता हुने, मानिस दुब्लाउँदै जाने, फियो धेरै बढ्ने तथा केही समयपछि कलेजो समेत बढ्ने हुन्छ ।

कालाजार ‘लेसमानिया डोनोभानी’ नामक प्यारासाइट प्रोटोजोवाका कारण हुने रोग हो । यो एक प्रकारको सेन्टलाई नामक भुसुनाको टोकाइबाट सर्ने गर्दछ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top