चिनियाँ विदेशमन्त्री काठमाडौँ, भोलि महत्वपूर्ण भेटघाट

राजनीति भाद्र २२ २०७६ ekhabarnepal
2


काठमाडौँ,भाद्र २२ 
 चिनियाँ विदेशमन्त्री याङ यी तीनदिने नेपाल भ्रमणका लागि आइतबार साँझ काठमाडौँ ओर्लिएका छन्।

करिब ४८ घन्टाका लागि नेपाल आइपुगेका चिनियाँ विदेशमन्त्री वाङले चीन र नेपालबीच भएका पूर्व सम्झौता तथा साझेदारीमाथि छलफलभन्दा चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण र त्यसका एजेन्डा निर्माणमा समय खर्चिने देखिएको छ।

उनले सोमबार नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय वार्ता गर्नेछन् भने सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्नेछन्।

चिनियाँ विदेशमन्त्री वाङले उनका नेपालका समकक्षी ज्ञवाली, प्रधानमन्त्री ओली लगायतसँगको उच्चस्तरीय भेटमा आगामी एक महिनापछि हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणको सुरक्षा र एजेन्डाबारे छलफल गर्ने परराष्ट्र मन्त्रालय श्रोतले जानकारी दिएको छ।

प्राप्त प्रतिकृयाहरू

To Top