प्रधानमन्त्री ओली स्वदेश फिर्ता : स्वास्थ्य अवस्था सामान्य 

राजनीति भाद्र २० २०७६ ekhabarnepal
Pm returns nepal 3

काठमाडौं, भदौं २० । 
 प्रधानमन्त्री केपी शर्मा ओली दुइ साताको स्वास्थ्य उपचारपछि शुक्रबार स्वदेश फर्कनु भएको छ ।

उहाँ मिर्गाैलाको थप परीक्षणा तथा उपचारका लागि भदौँ ५ गते सिङ्गापुर जानुभएको थियो । 'प्लज्मा फेरेिसस' प्रक्रियाबाट मिर्गाैलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्कनु भएको छ । विमानस्थलमा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिनुभएन । 

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो । 

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको निजी चिकित्सकले जानकारी दिएका छन । प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गरेर आज स्वदेश फर्केलगत्तै नीजि चिकित्सक डा. दिब्या सिंह शाहले बिज्ञप्तीमार्फत सो जानकारी दिनुभएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक शाहले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीको ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल (एनयूएच) मा पूरा भएको छ। उहाँको स्वास्थ्य अवस्था सामान्य छ र आफ्नो कामलाई निरन्तरता दिन सक्नुहुन्छ,’ डा शाहले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

 प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएकाले उहाँ स्वदेश फर्किएको शाहले बताउनु भयो ।

प्राप्त प्रतिकृयाहरू

To Top