मिडिया विधेयककमा संशोधन दर्ता : पत्रकार बन्‍न लाइसेन्स लिनुपर्ने प्रस्ताव

राजनीति भाद्र १६ २०७६ ekhabarnepal
Rastriyasabha medical education bidhayak 15

काठमाडौँ,भाद्र १६ 

 सांसदले पत्रकार बन्न अन्य पेशामा जस्तै परीक्षा लिएर लाइसेन्स लिनुपर्ने कानुनी प्रवन्ध गर्न प्रस्ताव गरेका छन्।

राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले पत्रकार बन्नका लागि परीक्षा दिएर लाइसेन्स लिनुपर्ने कानुनी व्यवस्था गर्न माग गर्दै मिडिया काउन्सिल विधेयककमा संशोधन दर्ता गराएकी हुन्।

सांसद पौड्यालको प्रस्ताव छ, ‘संचारकर्मीहरूको गुणस्तर मापन गर्न आवश्यक पाठ्यक्रम बनाउने, परीक्षा प्रणाली विकास गर्ने, परीक्षा लिने, परीक्षाफल प्रकाशित गर्ने र लाइसेन्स दिनेसम्बन्धी व्यवस्था गर्ने।’

राष्ट्रियसभा सदस्यहरुलाई सोमबार दिउँसोसम्म संशोधन दर्ता गर्न दिइएको समयमा विधेयकमाथि आठ वटा संशोधन दर्ता भएका छन्।

नेकपाका १४ जना सांसदले संयुक्त रुपमा दर्ता गराएको संशोधनमा काउन्सिलको अध्यक्ष बन्न सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको, वरिष्ठ अधिवक्ता वा पत्रकारिता क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव भएको हुनुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ ।

सदस्यको हकमा भने पत्रकारिता वा कानुन वा व्यवस्थापन वा सूचना प्रविधि वा सामाजिक सेवामा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था राख्नुपर्ने माग गरिएको छ ।

सांसद पौडेलले दर्ता गराएको पत्रकारहरूलाई जरिवाना गर्न नहुने संशोधन राखेकी छन्।

उनले जरिवानाको सट्टामा कसैको आत्मसम्मानमा आँच र्पुयाउने समाचार लेख्ने पत्रकारलाई ुसचेत गराउने, सम्बन्धित पक्षबीच वार्ता गराउने, मेलमिलाप गराउने वा आवश्यक कारबाहीका लागि उच्च अदालतमा लैजानका निमित्त सहजीकरण गर्नुपर्नेु प्रस्ताव गरेकी छिन्।

दर्तावाला पत्रकार बन्न पत्रकारिता विषयमा नै स्नातक गरेको हुनुपर्ने वा अन्य विषयमा स्नातक गरेको व्यक्तिले तीन वर्ष पत्रकारिता गरेपछि दर्तावाला पत्रकार बन्ने व्यवस्था गर्नुपर्ने संशोधनमा उल्लेख गरेकी छन्।

यस्तै नेकपाकै सांसद रामनारायण बिडारीले दर्ता गराएको संशोधनमा काउन्सिलले २५ हजारदेखि एक लाखसम्म जरिवाना गराउन पाउनुपर्ने प्रस्ताव गरेका छन्। सरकारले ल्याएको विधेयकमा २५ हजारदेखि दश लाखसम्म जरिवाना गर्न सक्ने उल्लेख गरिएको छ।

प्राप्त प्रतिकृयाहरू

To Top