एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ पक्राउ

समाज भाद्र १५ २०७६ ekhabarnepal
9349c7b73972eb55a5c205adae620562 w1000 h500 cp

काठमाडौँ, भदौ १५ गते । नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिनुभयो ।

“शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेका छौँ”, उहाँले भन्नुभयो ।
उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर ८०, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुबाट नेपालीसहित उक्त विदेशीमुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १/१ थान समेत बरामद गरेको छ।

यसरी समातिएका थिए चिनियाँ ह्याकर

प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार शनिबार राति विशेष सूचनाको आधारमा पैसा निकाल्दै गर्दा काठमाडौं प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीको विशेष टोलीले दरबारमार्गमा रहेको नबिल बैंकको एटीएम बुथबाट पैसा निकालिरहेको अवस्था झु लियांगांगलाई नियन्त्रणमा लिएपछि थप खुलेको थियो।

झुको साथबाट २० थान नक्कली भिसाकार्ड फेला परेको थियो। उनी हात्तीसारमा रहेको माया मनोहर बुटिकमा बसेको खुलेपछि प्रहरीले बुटिकको कोठा नं. २०१, ६०२ र ६०४ मा खानतलासी गरेको थियो। सो क्रममा अन्य चिनियाँ नागरिकले हतार हतार बुटिकको होटल लिफ्ट प्रयोग गरी भाग्न खोजेका थिए।
नबिल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा शनिबार राति प्रहरीले पाँच जनालाइ पक्राउ गरेकाे थियाे। पक्राउ परेका पाँच जना चिनियाँमा चेन बिन बिन, झु लियांग आंग, क्वियु युंगक्विंग, लुओ जिआल्बी र लिन बिनमेंग रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुवेदीले जानकारी दिए।

प्राप्त प्रतिकृयाहरू

To Top