अट्वारी पर्वको शुभकामना सन्देश 

समाज भाद्र १४ २०७६ ekhabarnepal
Shankar pokharel1

बुटवल, भदौ १५
मुख्यमन्त्री शंकर पोखरेल थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा समस्त थारु  समुदायमा सुख,शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाल  बहुभाषिक र बहुजातीय मुलुक हो, विभिन्न जात जाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् भन्दै विज्ञप्तिमा भनिएको छ,  कुनै समुदायका सांस्कृतिक उत्सव र पर्व अहिले कुनै जाति र समुदाय विशेषका मात्रै नभएर सबैको साझा बन्दै जानु हाम्रो समाजका लागि सुखद विषय हो । 
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले थारु समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको छ वताउँदै पोख्रेलले भन्नुभएको छ, संवैधानिक रुपमै थारु आयोगको गठन गर्ने व्यवस्था गरेर थारु समुदायप्रति सम्मान व्यक्त गरेको छ ।
उहाँले संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने विश्वास प्रकट गर्नुभएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top