गरिवी निवारणका लागि एकीकृत ग्रामीण विकास 

बिचार भाद्र ११ २०७६ ekhabarnepal
%e0%a4%ab%e0%a5%82%e0%a4%b2%e0%a4%95%e0%a5%8b %e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%be%e0%a4%b0

फूलको संसार

कृषि र पर्यटनवाट गरिवी हटाउने चिनिया मोडल–२ं
डी.आर.घिमिरे
चिनियाँहरु हरेक कुरालाइ पर्यटनसंग जोड्न खप्पिस रहेछन् । त्यही काम हेर्ने अवसर हामीलाई प्राप्त भयो । लि चिया च्वाङ्गको कषि परियोजनाको अवलोकन तथा ग्रामीण क्षेत्रको भ्रमण कार्यक्रम राखिएको थियो । यो क्षेत्र हेर्दा हामी अत्यन्तै रमायौं ।
गाउँमा स्थापित ग्रामीण एकीकृत प्रणालीले आधुनिक कृषि, मनोरञ्जन, पर्यटन र पशुपालनको माध्यमवाट समुदायलाई ग्रामीण वातावरण र शहरी वातावरणसंग समाहित गर्दछ भन्ने उनीहरुको मान्यता रहेछ । 
यसलाई विकासको हरित मोडल पनि भनिन्छ । २० हजार ६ शय ५० विगाहा क्षेत्रमा सन् २०१७ देखि यो परियोजना लागु भएको छ । तथापि यसको केन्द्रीय भाग ८ हजार ३ शय विगाह छ । ग्रामीण एकीकृत प्रणालीको लागि नयाँ ग्रामीण उद्योगहरूको माध्ययमवाट विकासको मोडल तयार गरिदैछ । यसमा अर्थ मन्त्रालय, कृषि मन्त्रालय, पीपुल्स बैंक, वाच डगको रुपमा एउटा शक्तिशाली आयोग र अन्य मन्त्रालयहरूसमेत यस परियोजनाको विकासमा लागेका छन् । यसलाई अझ सुदृढ पार्न विशेषाधिकार प्राप्त पुलिसको पनि सहभागिता छ । अर्थात् सवैखाले निकायको परिचालन गरि गरिवी निवारण गर्ने वृहत् लक्ष्य यस परियोजनाले राखेको छ । 
ग्रामीण एकीकृत प्रणाली कृषि, उद्योग र सेवा उद्योग अर्थात् पर्यटन तीनै क्षेत्रकोे गहिरो एकीकरण हो । यसभित्र  उत्पादन, जीवन र पर्यावरणको मिलन पर्दछ । साथै यो कृषि, संस्कृति र पर्यटनको पनि सम्मिश्रण हो । ग्रामीण एकीकृत प्रणालीका पाँचवटा विशेषताहरू छन्— व्यवस्थापनको मुख्य निकायले सरकार, ग्रामीण जनता र गाउँका समूह भएका तीन मुख्य आधारमा उद्यमशीलताको विकास गर्छ, यसले कृषिलाई औद्योगिक विकासमा जोड दिन्छ । जसवाट कृषि संस्कृतिमा परिवर्तन भएको छ । पर्यटनलाई कृषिसंग जोडेर लैजान खोजिएको छ ।
यसरी हेर्दा उनीहरुले स्रोतको उपयोगलाई प्राथमिकता दिएका छन् । पर्यावरणीय मूल्य, जीवनको मूल्य र आर्थिक मूल्यलाई संगसंगै लैजान खोजेका छन् । 
जेहोस् चिनले यतिवेला गाउँको विकास गर्दै गाउँवाट शहर आउने प्रक्रियालाई पनि निस्तेज गर्न खोजेको पाइन्छ । त्यो कसरी भने शहरमा आएर कमाउने भन्दा गाउँमै वढी कमाउने ब्यवस्था गरेर । अर्थात् कसैले शहरमा यति कमाउँछु भन्छ भने त्यो भन्दा वढी गाउँमै कमाउने ग्यारेण्टी सरकारले गरिदिन्छ ।   
चीनको ग्रामीण विकासलाई आधुनिकीकरण गर्दै नयाँ शहरीकरण र समाजशास्त्रीय हिसावले आर्थिक विकासको दिगो मोडल बनाउने कोशीस गरिदैछ छ । कृषिलाई सस्कृति र पर्यटनसंग जोडेर गाउँलाई एकीकृत ढंगले विकास गर्ने चिनको प्राथमिकता देखिन्छ । 
जुन २०१७ देखि शुरु भएको लि चिया च्वाङ्गको ग्रामीण एकीकृत प्रणाली पहिलो आठ ग्रामीण एकीकृत प्रणाली मध्ये एक हो । यो लान्ट्चौको शहरको युट्चोङ्ग काउन्टीमा गरिएको प्रयोग हो । लान्जाउ शहरवाट २ किलोमिटर टाढाको गाउँमा यो परियोजना छ । यसले ग्रामीण इलाकाको पुरानो स्प्रिट प्रयोग गरेर, किसानहरूको उर्जालाई प्रकाश पार्दै, समयको जीवनशीलतालाई एकिकृत गरेर ग्रामीण सभ्यतालाई विकास गर्दछ । 
 गान्सु आरामदायी पर्यटकीय गन्तव्य हो । यस परियोजनामार्फत् तीन बगैचा र एउटा ठाउँ ( पर्यावरणीय पर्यटन बगैचा, ग्रामीण पर्यटन पार्क, बस्ने घर, र आरामदायी गन्तव्य) निर्माण गर्नु हो । यस परियोजनाको मार्ग भनेको सहरी र ग्रामीण क्षेत्रको लागि एकीकरण र क्षेत्रीय विकास हो । बच्चा, महिला र बृद्वहरूलाई आकर्षित गर्दै उनीहरुका राम्रा अनुभवहरूको आदान प्रदान गर्नु, राम्रो दृश्यहरूको दृश्यावलोकन गर्नु, रमाइलो मनोरन्जन, स्वादिष्ट खाना, राम्रा बस्ने फार्महरू वनाउनु, राम्रा उत्पादनहरू गरि, यो पर्यटकलाई आकर्षण गर्नु पनि यसको उद्वेश्य रहेको छ ।
 त्यहाँ भित्र छवटा अवधारणामा रहेर डिजाइन गरिएको छ । मूल पारिस्थितिकी प्रणालीलाई यथावत् राख्दै पुरानो परम्परा, ग्रामीण अवस्था, विशिष्टता, उच्च गुणस्तर, र नयाँ अनुभवहरुको संयोजन गरिएको छ ।  
यो एकीकृत प्रणालीको समग्र विचारलाई विकेन्द्रीकृत व्यवस्थापनमार्फत् ब्यवस्था मिलाइदैछ । पर्यटन उद्योगको अर्थ एउटा हो मिठो खाने, बस्ने, पर्यटकवाट पृष्ठपोषण लिने, घुम्ने, मनोरन्जन गर्ने र अनुभवको आदान प्रदान गर्ने, अर्को हो कृषि सामानको खरीद, जग्गा विकास र उपयोगी फार्महरूको निर्माण, नवीन ब्यवसायको शुरु गर्ने अर्थात् पर्यावरणीय कृषिमा आधारित मोडल तयार गर्ने । समग्रतामा ग्रामीण पर्यटनलाई स्वर्गको रूपमा विकास गर्ने अर्थात् योग्य समुदायहरू मार्फत घरहरू निर्माण गर्ने र विशेष शहरहरू, सुन्दर गाउँहरू, र औद्योगिक पार्कहरू निर्माणमा ध्यान केन्द्रित गर्ने उनीहरुको लक्ष्य देखिन्छ । उनीहरु भन्छन् — अन्ततः हामी ग्रामीण एकीकृत प्रणाली निर्माण गर्ने प्रयास गर्छौं जुन गान्सु प्रान्तमा सांस्कृतिक रचनात्मकता, पशुपालन, पर्यटन, पर्यावरणीय कृषि, स्वास्थ्य सेवा, मनोरंजन र फुर्सतको एकीकरण हो ।

ग्रीन हाउसमा तरकारी खेती

चिनियाँ किसानहरुको आम्दानी १९४९ भँदा ४० प्रतिशतलेवढेको छ । किसानको यत्पादकत्व वृद्वि, यातायात संजाल र वजार ब्यवस्थापन तीन सूत्रको समायोजन चिनियाँ ग्रामीण विकासको आधार हो । नेपालको असफलता यही छ । एकजना लेखकले कतै लेखेका थिए–अन्तर्राष्ट्रिय शक्ति किसानको विकास चाहान्नन् । किनकि किसान धनी भए राष्ट्र वलियो हुन्छ ।
यो परियोजनाले २० हजार ६ शय ५० विगाहा क्षेत्र ओगटेको छ, जसमध्ये ८ ८ हजार ३ शय  विगाहा मुख्य क्षेत्रका रुपमा छ ।  यसले नौ वटा क्षेत्रमा मुख्य कार्य गर्छ । जसअनुसार फूलहरुको संसार, छियुन ग्रामीण शहर, पारिस्थितिक अर्थात् वातावरणीय पार्क, स्वास्थ्य र वृद्वहरुको क्षेत्र, रमणीय जंगली क्षेत्र, अभिभावक–बच्चाको लागि विशेष क्षेत्र, पारिस्थितिक प्रजनन क्षेत्र, कृषि उत्पादनको अनुभव क्षेत्र र स्मार्ट कृषि उत्पादन क्षेत्र जस्ता पर्दछन् । 
  त्यहाँ ४६ वटा निर्माण परियोजनाहरू छन् । जस्तै  छियुन पर्यावरणीय गाउँ, फूलको शहर, राम्रा होमस्टे, कृषि प्लटको निर्माण, विशेष भोजन, अभिभावक–बच्चाको अनुभवलाई उपयोगमा ल्याउने, फार्महरुको अनुभव गर्ने, स्वास्थ्य र सेवानिवृत्तको ब्यवस्था, फुर्सतीलालाई मनोरन्जन लिने दिने, बोनसाई बगैचा, वन क्षेत्रको विकास अर्थात् हरियाली वढाउने, कृषि उत्पादनहरूको परीक्षण केन्द्र वनाउने, सडक वजारको ब्यवस्था गर्ने, ग्रामीण सडक वनाउने, कृषि खेतीको संग्रहालय, चित्रकारहरुको गाउँ आदि । यसका लागि कुल लगानी २ अर्व २७ करोड युआन गरिने छ । जुन तीन अवधिमा पूर्ण हुन्छ ।  परियोजनाको पहिलो अवधि २०२२ सम्पन्न हुने अपेक्षा गरिएको छ ।
यो लगानी त्यहाँको प्रदेश पार्टी कमिटीको विशेष निगरानीमा प्रदेश सरकारले गर्नेछ । पार्टीको प्रदेश सचिव र प्रदेश गभर्नरले वारम्वार अनुसन्धान गराएका छन् र कार्यान्वयनका लागि जोड दिएका छन् ।
परियोजनाका लागि हाल सम्म १ अर्व युआन भन्दा बढी खर्च भइसकेको छ । २८ ओटा परियोजनाको निर्माण शुरु भएको छ । १० वटा सम्पन्न भइसकेका छन् । चार वटाको प्रारम्भिक काम भएको छ । १४ वटा परियोजनाको धेरै काम भइसकेको छ । त्यसमध्ये फूलहरुको संसारको ब्यवसाय शुरु भइसकेको छ । यसवाट दुइ महिनामा ३१ लाख ७० हजार यूयान आम्दानी भइसकेको छ ।
 यसले वार्षिक ११ करोड युयान आम्दानी गर्छ र २,८०० भन्दा बढीलाई रोजगारी उपलब्ध हुनेछ र १,८०० भन्दा बढी स्थानीय गाउँलेहरूले रोजगारी प्राप्त गर्ने छन् । र प्रति ब्यक्ति वार्षिक आय १५,०० युआनले बढ्ने छ, जुन चीनमा पहिलो ग्रामीण एकीकृत प्रणाली हुनेछ । यो किसानहरूलाई धनी बनाउने व्यावहारिक मोडल हुने विश्वास गरिएको छ । त्यति मात्र हैन ग्रामीण इलाकामा रहेका सहरका बासिन्दाहरू र ग्रामीण सामाजिक प्रशासनका लागि यो प्रयोगात्मक क्षेत्र, आधुनिक कुशल कृषिको लागि प्रदर्शनी क्षेत्र, र सहरी तथा ग्रामीण जनताको एकीकरण र सहिष्णुताका लागि प्रदर्शन साइटको रुपमा विकास हुने लक्ष्य राखिएको छ । यो ग्रामीण रमाइलो भूमि हुने छ । जसमा कृषि, वन, पशुपालन, शिक्षा, मनोरञ्जन, छुट्टी मनाउने, खानपान, र मनोरन्जनको एकीकृत विकास हुनेछ । यसले किसानहरुलाई धनी बन्न, आर्थिक आम्दानी बढाउन र उद्यमीहरुको लागि नाफा कमाउनसमेत अवसरको सृजना गरेको छ । यसले शहरी र ग्रामीण विकास र ग्रामीण पुनरुद्धारको एकीकरणको लागि नयाँ तरिकाको खोजी गरेको छ ।
टमाटरको नास्ता आलुको खाना ः


यस क्षेत्रमा घुम्दा हामीले टमाटरको नास्ता गर्यौं । झण्डै एक किलोका टमाटर एउटैले पेट भरिने अवस्था थियो । ग्रिन हाउसभित्र गरिएको टमाटर खेती पूरै अर्गानिक थियो । काँचो खाने कि नखाने भनेर अलमलिएपछि एकजना प्रोफेसरले आफू जिम्मेवार हुने भन्दै टमाटर खान दवावनै दिए । त्याहाँ दुइ थरिका टमाटर फलाइएका थिए । एउटा ठूलो र अर्को सानो साइजको । सवै साथीहरुले बडो स्वाद मानेर टमाटर खायौं । 
यसरीनै ग्रीन हाउस भित्र आरु, अन्य फलफूल थिए । नास्पाती र मकैको खेती पनि मनग्गे देख्यौं । सवैजसो होटलहरुमा उसिनेका मकै राखिएका हुन्थे । हामी नेपालीले त्यसलाई असाध्यै मन परायौं । अझै साकाहारीका लागि त यो विशेष परिकार भयो । मकैका वोट जोडेर लगाइएको थियो । हरेक वोटमा दुइ तीनवटा घोंगा फलेका थिए । यो सिजन भएर होला शायद मकै चिनियाँको मुख्य खाना हो कि जस्तो लाग्दथ्यो । 
खानामा आलु पनि अर्को आकर्षण थियो । प्रायः चिनियाहरु कहीँ पोलेका र कहीँ उसिनेका आलु पकापक खाने गर्दथे । हामी पनि के कम उनीहरुको देखासिकी गर्यौं । नेपालमा भात धेरै खाइने भएकाले आलु खानुको अर्थ हुदैनथ्यो । चिनियाँ खानामा सागसब्जी र मासु धेरै हुने भएकोले आलु खाएपनि फरक पर्दैनथ्यो । सुप, सागसब्जी र मासु त्यहाँको मुख्य खाना हो । त्यसमा पनि उमालेर पकाइने भएकोले स्वास्थ्यका लागि राम्रो हुन्थ्यो । चिल्लो र मसालेदार खाना कम हुनु अर्को फाइदाजनक विषय हुन्थ्यो । यद्यपि मसालेदार खाना हुँदै नहुने भने हैन । आजभोलिका युवा युवतीहरु स्पाइसेस खानाप्रति अलि वढीनै आकर्षित हुने गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top