कृषि र पर्यटनवाट गरिवी हटाउने चिनिया मोडलं–१

समाज भाद्र १० २०७६ ekhabarnepal
%e0%a4%97%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a5%81 %e0%a4%a8%e0%a5%87%e0%a4%9a%e0%a5%81%e0%a4%b0%e0%a4%b2 %e0%a4%87%e0%a4%a8%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a5%80 %e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%9a %e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a5%80%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%9f 1

गान्सु नेचुरल इनर्जी रिसर्च इन्स्टिच्यूटमा भएको वैठकमा सहभागी प्रतिनिधि

डी.आर.घिमिरे
पहिलोपटक सन् २००६ मा उत्तर कोरिया जाँदा चिनको वेइजिङ्ग र सांघाई शहर घुमेको थिएँ । यो पटक चिनकै भ्रमणका लागि समय लिएर गान्सु प्रान्तको भ्रमणमा निस्कनु अँघि वेइजिङ्ग र सांघाई जस्तो ठूलो शहरको तुलनामा अलि फिक्का हुने हो कि भन्ने आशंका भएपनि यति वर्षपछिको समृद्वि हेर्न लायकनै छ भन्ने कुरामा शंका थिएन । त्यसमा पनि चिनलाई राम्रोसंग जानेवुझेका डा. शागर न्यौपाने साथमा हुनुले धेरै कुरा वुझिने छ भन्ने लागेको थियो ।
साउन १० गते बुटवलवाट काठमाण्डौका लागि प्रस्थान गर्दा ८ वजेको थियो तर, काठमाण्डौ पुग्दा साँझको ६ वजेको थियो । सियारी गाउँपालिकाको कृषिसम्वन्धी एउटा परियोजनालाई सन्दर्भ वनाएर चौथो रेशम मार्ग अन्तर्राष्ट्रिय सस्कृति प्रदर्शनी तथा नवौं पर्यटन महोत्सवमा सहभागि हुनका लागि पालिका अध्यक्ष अयोध्या चौधरी, उपाध्यक्ष अमृता गुरुङ्ग, प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराई र केशवप्रसाद भट्टराईसमेत मुख्य संयोजनकर्ता शागर न्यौपाने र यो पंक्तिकार सहभागी थियौं । शनिवारको उडान भएकोले केही रकम साट्नुपर्ने थियो । वैंक वन्द हुने अवस्थामा थिए । एकजना साथीले पासपोर्टमा थोरै धेरै मुद्रासाटेको चढाउनु पर्छ भनेपछि हामी तनावमा पर्यौं । धन्न मेगा वैंकका राजेन्द्र सुवेदीमार्फत् करिव ७ वजेतिर युयान साट्ने वातावरण वन्यों ।
राती होटलमा वसेर शनिवार विहान ९ वजे एयरपोर्टमा पुग्दा एकजना सहयात्री धिरज कार्की पुगिसक्नु भएको थियो । ११ वजेको हाम्रो उडान थियो । शागरजी पहिलेनै चिन पुगिसक्नु भएकोले धिरज हाम्रा लागि चिन वुझेका ब्यक्ति थिए । हामी छेदुङ्ग अन्र्राष्ट्रिय एयरपोर्टमा जाने र त्यसपछि आन्तरिक उडानमार्फत् गान्सु प्रान्तको राजधानी लान्जाउ जानुपर्ने थियो । छेङ्गदु सिचुवान प्रान्तको राजधानी हो । गान्सु चिनको कर्णाली प्रदेश हो । अर्थात् त्याहाँको गरिवी चिनका लागि सवैभन्दा चुनौतिपूर्ण मानिन्छ । तर, हामी चिन रहुन्जेल त्यो प्रदेश कुन कारणले गरिव थियो भन्ने कुराको पत्तो पाउन सकिएन । चिनका लागि भने अन्य प्रदेशको तुलनामा त्याहाँ गरिवी थियो । पौने तिन घण्टामा छेङ्गदु र दुई घण्टाको पर्खाई पछि एक घण्टाको आन्तरिक उडान पछि लान्जाउ उत्रियो ।
लान्जाउमा हामीलाई रिसिभ गर्न चिनिया मित्र आइपुगेका थिए । त्यसपछि सिधै वसवाट होलिडे इन लान्जाउ होटलमा पुगेर वस्यौं । त्यस अघि एयरपोर्टको एउटा भिआइपी होटलमा  हामीहरुले खाना खाइसकेका थियौं । चिनमा साँझको खाना सामान्यतः ५ वजेदेखि ७ वजेसम्म खाइसक्ने चलन रहेछ । यसवाट आयुर्वेदको पालना चिनियाहरुले गर्दा रहेछन् भन्ने पनि देखियो । आयुर्वेदले साँझको खाना घाम अस्ताउनुभन्दा पहिलानै खानुपर्ने वताउँछ । आइतवार अर्थात् १२ साउन अर्थात् जुलाई २८ को  विहान व्रेकफास्ट पछि फिल्ड भ्रमण थियो । दिउसोसम्म शागरजी आइपुग्ने कुरा थियो । हामीलाई विहानै एउटा सौर्य प्रविधिको अनुसन्धान गर्ने स्थानमा लगियो । गान्सु नेचुरल इनर्जी रिसर्च इन्स्टीच्युटमा पुग्दा उर्जा मन्त्रालयका केही इन्जिनियरहरु तालिमका लागि गएका रहेछन् । उहाँहरुसंग भेट भयो । त्याहाँको प्रविधिवारे जानकारी लियौं । यो इन्स्टीच्युट चिनकै लागि प्रसिद्व रहेछ । ४० वर्ष पुरानो चिनको पहिलो यो अनुसन्धान केन्द्रले ब्यावसायीलाई निःशुल्क प्रविधि हस्तान्तरण गर्ने रहेछ । यहाँवाट तीन कुरा सिक्न सकिने कुरा हाम्रा नेपाली प्रतिनिधिले गरे । त्यो भनेको प्रविधि, तालिम र ब्यापार हो ।

जंगलमा यसरी गरिन्छ सिंचाई
नाङ्गा र सुखा डाँडा यस ठाउँका विशेषता हुन् । यो एक प्रकारको मरुभूमि हो । नाङ्गा डाँडा हुुनुका कारणले माटो वगेर नदी धमिलो हुनु अर्को विशेषता हो । यहाँ वग्ने नदीलाई यलो रिभर अर्थात् पहेंलो नदी भनिदो रहेछ । यो नदी चिनका सातवटा प्रान्त भएर वग्ने भएकोले यसलाई चिनको आमा नदी (मदर रिभर अफ चाइना) भनिने रहेछ । ससाना पहाड पहिरो जाने भएकोले ती पहाडै भरि हरियाली वनाउने अभियान चालिएको छ । जंगलमा वाल उठाएर पहिरो नियन्त्रण गरिएको छ । जंगललाई यसरी वचाइएको छ कि हामीहरु निजी जग्गालाई पनि त्यति सुरक्षा  गर्न सक्दैनौं । सामान्य भन्दा सामान्य ठाउँमा पनि पानी कुल्याएर जाने ब्यवस्था मिलाइएको छ । त्यति मात्र हैन नाङ्गा र सुखा डाँडालाई हरियाली वनाउन नदीवाट पानी तानेर सिंचाइको ब्यवस्था गरिएको छ । डाँडाहरुमा त्यति विधि गरेर सिंचाइ गरिएको मेरो आँखाले पहिलो पटक देख्ने अवसर प्राप्त गर्यो । कतिपय भिराला ठाउँहरुमा सिमेन्टको प्रयोग गरेर ढलान गरिएको छ । अर्थात् प्रकृतिलाई वँचाउन भरमग्दुर प्रयत्न गरिएको छ । 
राष्ट्रपति सी जिनपिङ्गले यस प्रदेशलाई हरियाली वनाउन भनेपछि सम्पूर्ण तागत लगाएर हरियाली वनाउन थालिएको रहेछ । नदीको किनारमा पार्कहरु वनाइएको छ । सडकमा पार्कहरु छन् । वृद्ववृद्वाहरु, युवायुवती पार्कहरुमा गफिदै हिंडेको देख्न पाइन्छ । जता गएपनि सुन्दर दृश्य देख्न पाउनु, फोहोर मैलो देख्न नपाउनु, सफा कञ्चन हुनु यहाँका विशेषता हुन् । अमेरिका युरोपभन्दा पछि नपरेको जस्तो लाग्नु गरिव प्रदेशको विशेषता हुन्छ भने अन्य प्रदेशको अवस्था के होला ?
निश्चयनै गान्सु प्रान्तमा प्रवेश गरेदेखि जता गएपनि निर्माणकै काम गरेको पाइन्छ । यो ठाउँलाई सिंगो राज्यले प्राथमिकता दिएको झल्को पाइन्छ । ठूला ठूला भवनहरु वनाएर भूत वंगालाको रुपमा खाली राखिएको छ । पाँच दश वर्ष पछि सम्मका लागि चाहिने भवन पहिलेनै वनाएर राख्ने चलन हुँदो रहेछ । सरकारले विभिन्न ठाउँमा कम्पनी खोलेर त्यस्ता कम्पनी मार्फत् भवन वनाउने, कृषि कार्य गर्ने वा यस्तै काम गरिने रहेछ ।
यस्तै  दृश्यावलोकन गर्दै हामीलाई एउटा एकीकृत ग्रामिण विकासको मोडल हेर्न लगियो । ग्रिन हाउसभित्रको खेतीलाई अवलोकन गर्दै दिउसोको खाना खान त्यही क्षेत्रमा पुग्यौं । खाना खाने टेवलमा नेम प्लेट लगाइएकोले को कहाँ वस्ने भन्ने समस्या रहेन । स्वादिलो खाना खाइसकेपछि हामीलाई एकीकृत ग्रामीण विकासको नमूना परियोजनाको भ्रमण गराइयो । 
उनीहरूले हरेक ठाउँलाई पर्यटकीय विकाससँग जोडेका छन् । सामान्य ठाउँमा पनि पर्यटकलाई आकर्षित गर्ने उनीहरूको प्रयास देखिन्छ । उद्योग, कृषि, वन, पार्क सवैलाई पर्यटकीय रुपमा हेर्नु हाम्रा लागि राम्रो अनुभव हो ।
गाउँमा अडाउने योजना ः 
वसाई सराई खासगरि अवसरका लागि पलायन हुने चिनको पनि समस्या रहेछ । यो समस्या नेपालको लागि पनि असाध्यै डर लाग्दो गरि संकटग्रस्त वन्दै गएकोले चिनले के गरे होला भन्ने जिज्ञासा म भित्र हुनु स्वभाविक हो । यसवारेमा धिरजजीले हवाइ यात्राका क्रममा केही कुरा गर्नु भएको थियो । जस अनुसार शहरमा आएर हुने आम्दानीभन्दा वढी आम्दानी हुने गरि गाउँमै रोजगारीको प्रवन्ध गरिएको रहेछ । त्यो भनेको कृषि कार्य वा विरुवामा पानी हाल्ने देखि सरक्षण गर्ने । त्यतिमात्र हैन कृषकलाई गाउँ फर्काउने अभियानमा सिचुवान सरकारले गरेको कायलार्ई हालै मोहन वास्तोलाले गोरखापत्रमा प्रस्तुत गरेका छन् । उनले लेखेका छन्– रोजगारीका लागि विदेश जाने नेपालको परम्परासँग ठ्याक्कै मेल खानेखालको रहेको छ, गाउँ छाडेर सहर पस्ने चीनको परम्परा । सिचुवानमा पनि त्यो परम्परा समस्याका रूपमा उपस्थित रहेछ । त्यही भएर उनीहरूले गाउँ छाडेर सहर आउने क्रमलाई रोक्न किसानलाई गाउँ फर्काउने अभियान नै चलाएका रहेछन् । किसानलाई प्रोत्साहन भत्ता दिएर कृषिमा आकर्षित गर्ने, उनीहरूलाई गाउँ कमिटीमा जिम्मेवारी दिने, आपूर्ति, कृषि र वाणिज्य विभागले किसानले उत्पादन गरेका सामग्री बेच्नका लागि सहयोग गर्ने, उत्पादनका लागि कम्पनीलाई दिने वा किसान–किसान मिलेर सामूहिक खेती गर्नेजस्ता अभियानसमेत चलाएका रहेछन् । सन् २०२० सम्ममा चीनबाट गरिबी निवारण गर्ने उद्देश्यले अहिले ‘गाउँ फर्काऊ अभियान’लाई तीव्रता दिइएको रहेछ । (साउन, २० गोरखापत्र) 
देखिएको छ । गाउँ पूरैका पूरै खाली हुँदै गएको छ । यद्यपि निर्वाचित प्रतिनिधिहरुले पनि यसतर्फ ठोस योजना वनाउन सकेका छैनन् । यसप्रति राज्यले अनुसन्धान गर्ने र विकल्प खोज्नेतर्फ तत्काल ध्यान आकुष्ट हुन जरुरी छ । नेपालको विडम्वना यो छ कि यस्ता अनुसन्धानप्रति सरोकारवाला पटक्कै सहमत छैनन् । विश्वविद्यालयमा पनि त्यसप्रकारको छलफल हुन सकेको छैन ।
सिचुवानकै प्रख्यात करिब १४ हजार विद्यार्थी अध्ययनरत यान पोलिटेक्निकल कलेजमा अध्ययनरत अधिकांश विद्यार्थी अध्ययनपछि गाउँमै फर्किने ब्यवस्था मिलाइएको रहेछ । यो कलेजमा प्रायः अल्पसंख्यकले अध्ययन गर्दछन् । यहाँ शिक्षकहरुको पनि उत्पादन गरिन्छ । तिब्बती भाषा, तिब्बती आपेरा, तिब्बती कानुन, तिब्बती इतिहासदेखि अर्थब्यवस्था, इतिहास, भौतिक विज्ञान, गणित आदिको अध्ययन गर्ने भएकोले उनीहरुले साना गाउँहरुका रोजगार पाउँछन् ।
  चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा सन् २०२० सम्ममा चीनबाट सबै प्रकारको गरिबीको अन्त्य गर्ने योजनाअनुसार ती विद्यार्थीलाई प्रोत्साहन भत्ता दिएर गाउँ फर्काउने अभियान चलाइएको रहेछ । हामीले के यस्ता योजना वनाउनेवारे सोंच्न सक्छौ ?


 

प्राप्त प्रतिकृयाहरू

To Top