रवि ५ लाख धरौटीमा रिहा : विदेश जान स्वीकृति लिनुपर्ने 

समाज भाद्र ९ २०७६ ekhabarnepal
Rabi samartha attack

काठमाडौं,भदौ ९
 पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कंडेल धरौटीमा रिहा हुने भएका छन् । नर्स अस्मिता भनिने रुकु कार्की भने साधारण तारेखमा रिहा भएकी छन् ।

पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोप लागेका रविलाई ५ लाख र युवराजलाई ३ लाख धरौटीमामा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको हो ।

रवि र युवराजलाई विदेशमा जानुअघि अदालतसँग स्वीकृत लिनुपर्ने र पुडासैनी आत्महत्या प्रकरणसम्बन्धी कुनै पनि विषयमा कार्यक्रम देखाउन नमिल्ने आदेशमा उल्लेख रहेको अदालत स्रोतले जानकारी दियो ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आइतवार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

यससँगै रवि सहितका तीनै जना पक्राउ परेको १२ दिनपछि रिहा हुने भएका छन् ।  

यसअघि जिल्ला अदालतबाट २ पटक गरी १० दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरेको थियो । 

प्रहरीले प्राप्त प्रमाणसहितको अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो ।

पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियोमा रवि, युवराज र अस्मिताले आफूलाई मर्न बाध्य पारेको भनी आरोप लगाएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top