सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने  : सांसद चौधरी

लायन्स विशेष भाद्र ८ २०७६ ekhabarnepal
Img 9562 1

बुटवल,भदौ ८ । नेकपा संसदीय दलका सचेतक प्रतिनिधिसभा सांसद शान्ता चौधरीले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने बताउदै उनले सामाजिक सञ्जाललाई समयमै नियमन नगरिए कुनै दिन बिस्फोट हुन सक्ने तर्फ सचेत गराइन ।

आफुले आठ कक्षाको परिक्षा दिदा आफ्नो फोटो र बैदेशिक रोजगारमा जान लाइन लागेका युवाहरुको फोटो राखेर आठ कक्षा नपढेकाले देश चलाउने, डिग्रि गरेका युवा रोजगारीका लागि विदेश जाने भनेर सामाजिक सञ्जालमा आएको प्रसङ्ग उल्लेख गर्दै उनले डिग्रि पढ्न सक्नेले देश भित्रै किन रोजगारीका अवसर देख्न सकेनन् भनि प्रश्न गरिन् ।
लियो क्लव अफ तिलोत्तमाद्धारा शनिबार बुटवलमा आयोजित ‘नेतृत्व विकास तथा युवा उद्यमी उत्प्रेरणा’ कार्यक्रममा बोल्दै सांसद चौधरीले मुलुकको विकास गर्न समाजमा व्याप्त नकारात्मक सोच र चिन्तनको अन्त्य गर्नुपर्नेमा उनले जोड दिइन । उनले संघर्ष, त्याग, घृणा र तिरस्कारलाई सहेर जो निरन्तर अगाडि बढ्न सक्छ त्यो मान्छे मात्रै नेतृत्वमा पुग्न सक्ने बताइन ।

जस्तोसुकै परिस्थितिमा पनि हरेस नखाई मेहनत र साहसका साथ अगाडि बढे एक दिन अवस्य सफल भइने भन्दै उनले जुन सुकै क्षेत्रमा पनि लगनशीलता, मेहनत र साहसको आवस्यकता रहेको विचार व्यक्त गरिन । उनले मुलुकमा कम्लरी प्रथा अन्त्य भए पनि बर्गिय बिभेद कायमै रहेकोले समस्या रहेको बताइन् । 
कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले अपराध र अपराधिहरुका लागी कहि ठाउ नभएको बताए । खनालले भने, कहि कतै घटना या कुनै गलत काम गर्र्दै छन भने तिनीहरु सच्चीउन समाजमा आओस होइन भने तिनीहरुका लागी जेल र कस्टडी छन खाली नभए बनाएर राख्ने छौ । खनालले प्रहरीबाट कहि कतै कुनै पनि खालका सम्झौता नभएको पनि बताए ।

कार्यक्रममा ब्लाइण्ड रक्सका संस्थापक सृष्टि केसीले हाम्रो समाज नकारात्मक कुरालाई विश्वास गरिहाल्ने र सकारात्मक कुरामा संका गर्ने प्रबृत्ति हावी रहेको भन्दै त्यस्तो प्रबृत्ति त्याग्नु पर्ने बताइन । आत्म विश्वास र निरन्तरको प्रयासनै सफलताको कडी भएको भन्दै उनले आफुमा भएको दक्षता र क्षमतालाई पूर्ण मान्न नहुने विचार व्यक्त गरिन ।

कार्यक्रममा ५ सय जनाको सहभागिता रहेको कार्यक्रम संयोजक चञ्चल कुमार कार्कीले बताए । लियो क्लव अफ तिलोत्तमाका अध्यक्ष राजन कसजुको अध्यक्षता र लायन्स डिष्ट्रिक्ट ३२५ बि २ नेपालका पुर्व गभर्नर महेन्द्रनारायण श्रेष्ठ एम एफजेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा युवा परामर्शदाता अनन्तराज घिमिरे, एस आर गु्रपका प्रवन्ध निर्देशक सुरेश उप्रेती, सुरेशरत्न बज्राचार्य, सरोज कंडेल, लगायतले कार्यक्रमको उदेश्यबारे प्रकाश पारेको थिए ।

सिद्धार्थ गुरुङ्गको स्वागत मन्तव्य रहेको कार्यक्रममा कार्यक्रम संचालन दिनेश कुमार श्रेष्ठले गरेका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top