मिडियाले न्यायधिशको काम नगर्न आग्रह

राजनीति भाद्र ८ २०७६ ekhabarnepal
Gokul baskota

बुटवल,भाद्र ८ । सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल सम्बन्धि विधेकबाट सञ्चारकर्मीहरु नडराउन आग्रह गर्दै उनले कानूनमा रहेर काम गर्ने कुनै पनि मिडियाकर्मीलाई त्यसले असर नगर्ने बताए । 
‘मिडियालाई नियन्त्रण होइन, नियमन गर्ने हो । हामीले सरकारप्रति होइन, देश र जनताप्रति मिडिया जिम्मेवार भैदियोस भनेका हौं । जिम्मेवार भएर लेख्ने पत्रकारलाई सरकारले स्वतन्त्र छोडिदिने बताउँदै उनले भने ‘प्रेस स्वतन्त्रता कुण्ठीत गर्ने चिज होइन, मिडिया विधेक तर, विधेयक आउनुपर्छ ।’
प्रेस सेन्टर रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले मिडियालाई न्यायधिशको काम नगर्न आग्रह गर्दै सोसल मिडियामा देखिएको विकृती रोक्न सरकारले ल्याएको विधेक पारित हुने अवस्थामा पुगेको जानकारी गराए । 
नागरिक स्तरबाटै सोसल मिडियाको दुरुपयोग रोक्नुपर्ने भन्दै उनले सरकारको एक्लो पहलले मात्रै नहुने उल्लेख गरे । 
सोसल मिडियाले मूल मिडियालाई निर्दे्शित गर्न नसक्ने बताउँदै उनले त्यस्तो भएमा समाज अराजकतातिर जान सक्ने बताए । पछिल्लो समय पत्रकार शालीकराम पुडासैनीको आत्महत्या प्रकरणका बारेमा सामाजिक सञ्जालमा छाएको विकृतितर्फ संकेत गर्दै उनले भने ‘भिडले कानूनलाई नियन्त्रण गर्न सक्दैन । मलाई व्यक्तिगत रुपमा कसैको नाम लिनु जरुरी छैन कुनैपनि घटनाको कानून् अनुसार छानविन तथा अनुसन्धान हुन्छ, कोही चिच्याएर हुँदैन ।’
कपिलवस्तुमा मन्त्री सवार गाडीले मयुर मार्यो भनेर आजै प्रकाशित समाचारप्रति आक्रोस पोख्दै भने, त्यति कुरा नवुझी छाप्नेलाई के भन्ने ? आज धेरै मिडियाले यस्तो समाचार प्रकाशित प्रशारित गरेका थिए ।
गणतन्त्र खतरामा नरहेपनि हमला गर्ने तत्वहरु सक्रिय रहेको उल्लेख गरेका छन् ।
 मन्त्री वास्कोटाले जनताले स्थापना गरेको गणतन्त्र जनताले नै प्रतिस्थापन गर्न सक्ने बताउँदै उनले भने ‘धमिलो पानीमा माछा मार्न पल्केका तत्वहरु कहिले धर्मका नाममा, कहिले वंशजका नाममा सल्बलाई रहेका छन् ।’ 
उनले जनताको त्याग, तपस्या र बलिदानले ल्याइएको गणतन्त्र त्यति सजिलै नढल्ने बताउँदै उनले हमला गर्ने तत्वहरुसँग सचेत रहन सबैलाई आग्रह समेत गरे । कार्यक्रम अमृत गिरीको अध्यक्षतामा र भुवन कार्कीको सञ्चालनमा भएको यिो ।

प्राप्त प्रतिकृयाहरू

To Top