पुडासैनी प्रकरण: रविसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

राजनीति भाद्र ८ २०७६ ekhabarnepal
Rabi lamichhane 20190814151237

रवि असुरक्षित

चितवन,भदौ ८ : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लापिमछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ।  प्रहरीले अनुसनधान प्रक्रिया पूरा गरी आवश्यक प्रमाणसहित मुद्दाका लागि सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । 

आवश्यक प्रमाणसहित आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ताको तयारी गरिएको केन्द्रीय अनुसन्धानका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए। प्रहरीबाट प्राप्त फाइलअनुसार अदालतमा अभियोग दर्ता गरिने र अन्य अदालतले हेर्ने सरकारी वकिलको कार्यालयले जनाएको छ । 

आइतबार बिहान चितवनमा गरेका पत्रकार सम्मेलनमा बोल्दै उपरीक्षक रेग्मीले प्रहरी हिरासतमा रहँदा रवि असुरक्षित रहेको भनी बाहिर आएको हल्लामा कुनै आधार नरहेको बताए । प्रहरीले आफ्नो काम पूरा गरेको र अदालतले गर्ने निर्णयका आधारमा कानुनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ । 

प्रचलित कानुनअनुसार यस मुद्दामा अदालतबाट दोषी ठहर भएमा ५ वर्ष जेल र ५० हजार जरिवानाका  सजायँ हुन्छ ।

प्राप्त प्रतिकृयाहरू

To Top