न्यूयोर्कमा नेपाल भ्रमण वर्षको स्टल

लायन्स विशेष भाद्र ३ २०७६ ekhabarnepal
2

न्यूयोर्क, भदौ ३
न्यूयोर्कको स्ट्रीट फेस्टिवलका अवसरमा नेपाली लायन्स क्लब अफ क्वीन्स नेपलीजको आयोजना र लायन्स क्लब अफ क्वीन्स वुद्वको सहप्रायोजनमा आइतवार नेपाल भ्रमण वर्ष २०२० र लुम्विनी भ्रमण वर्षको प्रचार गर्ने उद्वेश्यले विशेष कार्यक्रम गरेका छन् । 
न्यूयोर्क राज्य सेनेटर जेसिका रामोसद्वारा आयोजना गरिएको उक्त अवसरमा नेपाली स्टल खडा गरि नेपालका पर्यटकीय स्थलको प्रचार प्रसार गरिएको थियो ।
लायन्स क्लब अफ क्वीन्स नेपलीजका अध्यक्ष पुरुषोत्तम पन्थीका अनुसार क्लबको स्टलवाट भ्रमण वर्ष २०२० र लुम्विनी भ्रमण वर्षलाई बढावा दिनुका साथै व्रोसर, पम्पलेट, नेपालमा पर्यटन तथ्य, नेपाल यात्रीको जानकारी, नेपालमा साहसिक खेलकुद, नेपालमा ट्रेकिङ्ग, नेपालमा राष्ट्रिय निकुञ्ज, बुद्धको जन्मस्थल लुम्बिनी तथा अन्य सामाग्रीहरु वितरण गरिएको थियो ।  
न्युयोर्कजस्तो अन्तर्राष्ट्रिय शहरमा नेपालको प्रचार गरि त्यसप्रति विदेशीलाई आकर्षण गर्नु गौरवको विषय हो, पन्थीले भन्नुभयो । स्टलमा विश्व हेरिटेज साइटहरु, पशुपति नाथ मन्दिर, पाटन दरबार स्क्वायर, जानकी मन्दिर र रारा ताल सहित अन्य पोस्टरहरू, श्री सगरमाथा, मुक्तिनाथ मन्दिर, राष्ट्रिय निकुञ्जका पोस्टरहरू लगायत अन्यले पोष्टरहरु पनि थिए ।
 न्यूयोर्कको क्वीन्स शहर पृथ्वीको सबैभन्दा विविध ठाउँ हो, जसलाई बिश्वभरका आप्रवासीहरूको घर भनिन्छ । पन्थीका अनुसार यहाँवाट हुने प्रचार एकैपटक एकै समयमा १५० भन्दा बढी देशमा नेपाल भ्रमणको प्रचार गरेजस्तै हो ।  
सो अवसरमा क्लबका अध्यक्ष पन्थीले क्लब गतिविधिहरू, सेवाहरू, कार्यक्रमहरू र नेपाल भ्रमणकोबारेमा न्यूयोर्क राज्य सिनेटका जेनेसिका रामोस र उनको टोलीलाई जानकारी गराइएको थियो । 
कार्यक्रममा विगतका जिल्ला गभर्नर ओजी टोरेस, पूर्व अध्यक्ष  मंगलदास श्रेष्ठ,   उपाध्यक्ष  बिमला गुरुङ्ग, उपाध्यक्ष बाबु गुरुङ्ग,  कोषाध्यक्ष राजेन्द्र खड्का, क्लव मेम्वर अध्यक्ष मीना पन्थी, लायन्स क्लब अफ क्वीन्स वुद्वका अध्यक्ष अर्जुन गौडेल, चार्टर प्रेसिडेण्ट कृष्ण आचार्यसमेत उपस्थित थिए । 

प्राप्त प्रतिकृयाहरू

To Top