अलविदा डायलसन अधिकारी 

समाज साउन ३२ २०७६ ekhabarnepal
68333967 3123765207648604 7894082046744592384 n

 बुटवल,साउन ३२ । सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा दुर्घटना भएको थियो ।
उनको दुःखद मृत्यु पश्चात् फेसवुकमा समवेदना दिनेहरु ठूलो संख्यामा देखिएका छन् । अप्रत्याशित यो घटनाले रुपन्देही पिडामा रहेको छ । मिलनसार, कर्तब्यनिष्ट र पेशाप्रति लगनशील अधिकारीको मृत्युले यहाँको पत्रकारिता क्षेत्रमा ठूलो क्षति भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं. ३ का ३५ वर्षीय अधिकारी रेडियो नेपालमा कार्यरत थिए । घाइतेमध्ये चालक अशोक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिएको छ ।
आगामी असोज ९ गते आयोजना हुने लगानी सम्मेलनका लागि निम्तो दिन र तिलोत्तमामा लगानीका लागि आह्वान गर्न नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीको नेतृत्वमा तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा व्यापार संघसमेतको सहभागितामा टोली पूर्वका जिल्लाहरुको भ्रमणमा निस्केको थियो । 
टोलीमा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपि कंडेल, नगरपालिकाका उपसचिव गंगारम आचार्य, लगानी सम्मेलनका सचिवालय सदस्य तथा वडा अध्यक्षहरु टामनाथ पाण्डे, गणेश न्यौपाने, कृष्ण पौडेल, चेतनारायण भण्डारी, सोहन थारु, नगरकार्यपालिकाका सदस्य संगिता गुरुगं र राधा शाही समेत सहभागी छन् । 
केही घाइतेको उपचारका लागि काठमाण्डौ लैजानुपर्ने भएकोले आवश्यक तयारी भइरहेको पत्रकार लक्ष्मण पौडेलले जानकारी गराएका छन् । पौडेल सो टोलीका संगै थिए । 

प्राप्त प्रतिकृयाहरू

To Top