प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल बम आक्रमण

राजनीति साउन ३१ २०७६ ekhabarnepal
22

सैनामैना,साउन ३१
प्रदेश सभाका नेकपाका प्रमुख सचेतक नेकपाका नेता माननीय भूमिश्वर ढकालको घरमा राति पेट्रोल बम आक्रमण भएको छ । 
ढकालको घरमा तीनवटा पेट्रोल बम प्रहार भएको र त्यसले गाडीमा क्षति पुगेको बताइएको छ । 
ढकाल गम्भीर बिरामी परेर काठमाडौंमा उपचारका लागि (मेडिसिटी अस्पताल) भर्ना भएका बेला यहाँ घरमा आक्रमण भएको हो । 
सैनामैना-८ रामापुर कलौनीमा रहेको उहाँको घरमा पत्नी, बाबा-आमालगायत हुनुहुन्छ । 
उहाँ सुत्ने कोठासम्मै बम प्रहार भएको तर त्यो विष्फोट नहुदा मानवीय क्षति जोगिन पुगेको छ । गाडीमा भने पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top