कपिलवस्तु र दाङमा गाउँपालिकाको गाडीमा आगजनी 

समाज साउन २६ २०७६ ekhabarnepal
%e0%a4%86%e0%a4%97%e0%a4%9c%e0%a4%a8 9lwtcmfkpo

 कपिलवस्तु, साउन २६ : कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका र दाङको बंगलाचुली गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेका छन्। 
कपिलवस्तुको मायादेवी गाउपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले गएराती आगजनी गरेका हुन्। 


शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०.५० बजेतिर आगजनी भएको हो। आगजनी किन र कसले गरेको भन्ने आफुलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताए। 
आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ। राति नै कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए। 

 यसैगरि दाङको बंगलाचुली गाउँपालिकाको गाडिमा अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनि गरेको हो ।

शनिबार मध्यरातमा रा १ झ १५२ नम्बरको गाडी आगजनी भएको र गाडी पूर्ण रुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय कमिरचौरले जनाएको छ ।

गाडीमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको सई शर्माले बताए ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ५ को कार्यालय, मुर्कुटीमा पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको हो ।

प्राप्त प्रतिकृयाहरू

To Top