पत्रकारका कमजोरीमा वोल्नुपर्छ 

समाज साउन २४ २०७६ ekhabarnepal
1565357397fnj

बुटवल,साउन २४ । तर नेपाल पत्रकार महासंघले पत्रकारहरुवाट हुने कमजोरीलाई हटाउनका लागि ब्यावसायिक सस्थाहरुसंग छलवmल गरेको छ । मिडियाले सधैभरि सत्य मात्र गर्देन कहिलेकाँही गल्ती पनि हुन सक्छ भनेर यस प्रकारको कार्यक्रमको आयोजना गरिएको हो ।
रुपन्देही पत्रकार महासंले आयोजना गरेको कार्यक्रममा सरोकारवालाले यस्तो सार्वजनिक सुनवाई कार्यक्रम गैर पत्रकारहरुले आयोजना गर्नु उचित हुने राय ब्यक्त गरे । 
 
रुपन्देही पत्रकार महासंघले बनाएको फ्रि मिडिया नेटवर्कले पत्रकार तथा मिडियामा हुने गरेका कमजोरी र यसका समाधानको विषयमा छलफल चलाएको हो ।  नेटवर्कले गरेको कार्यक्रममा सहभागीका प्रश्नको जवाफ दिंदै पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताभित्रका खराबीलाई सबैको समन्यवमा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
उनले पेशाभित्र रहेका केही व्यक्तिका कारण पत्रकार महासंघ र पत्रकारितालाई मर्या्दित बनाउन नसकेको स्वीकार गर्दै पेशालाई सामाजिक उत्तरदायी र नैतिकवान बनाउन खराब पक्षलाई सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको बताए । आमनागरिकप्रति पत्रकारहरु जवाफदेही हुनुपर्ने र समाजले त्यो खालको आश्यकता महशुस गरेको उनले बताए । 
पत्रकारिताभित्र खराब र असल छुट्टाउनुपर्छ भन्दै अध्यक्ष आचार्यले एक दुई वटा खराब हुँदैमा सिंगो पत्रकारिता खराब हुन नसक्ने तर भएका कमजोरी सच्चाउने प्रतिवद्धता जनाए । 
उनले पत्रकारहरु आफै सच्चिनुपर्ने बताउंदै नागरिक र राष्ट्रियहितको लागि पत्रकार महासंघ सधै प्रतिवद्व रहेको बताए । पत्रकारिताको आदर्श रुपन्देहीबाट सिक्ने गरिएको उल्लेख गर्दै पत्रकार महासंघप्रति नागरिकको अपेक्षा हुनु स्वभाविकै भएको उनले बताए । 
अध्यक्ष आचार्यले पत्रकार र मिडिया सञ्चालक को हो भन्ने छुट्टाउन गाह्रो हुने गरेको बताउंदै रुपन्देहीसहित देशका १५ जिल्लामा स्वनियम प्रणाली लागू गरिने जानकारी गराए । महासंघका महासचिव रमेश विष्टले पत्रकार महासंघ पारदर्शी संस्था भएकाले महासंघप्रति जनताको बढी चासो हुने गरेको बताए । उनले पत्रकारहरुमा केही कमजोरी भएका कारण सरकारले नियम काननु कसिला बनाउन लागेको बताए । 
पत्रकारहरुलाई कानुन बनाएर साइजमा ल्याउनुपर्छ भन्ने विषयमा राष्ट्रिय सहमति रहेका उल्लेख गर्दै सरकारले जस्ताको तस्तै विद्येयक ल्याए महासंघ आन्दोलनमा जाने बताए । पत्रकारिताको लागि केही अनलाइनहरुले समस्यामा पारेको महासचिव विष्टको भनाइ छ । 
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय बुटवलका प्रमुख सम्झना शर्मा, इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख प्रकाशचन्द्र अधिकारी, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द खनाल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईलगायतले बोल्दै पत्रकारहरुलाई समाजप्रति नैतिकवान तथा जिम्मेवार बन्न सुझाव दिएका छन् । 
मिडिया र पत्रकारहरुसंग जोकोही बोल्न डराउने भएकाले पत्रकारिता क्षेत्रलाई सच्चाउन पत्रकारहरु आफै सचेत बन्नुपर्नेमा उनीहरुको जोड थियो । व्यवस्था परिवर्तन र नागरिकको हक अधिकारको पक्षमा पत्रकारिता क्षेत्रको भूमिका अहम रहेकाले पत्रकारिता क्षेत्रलाई अझै मर्या्दित र नैतिकवान बनाउन आवश्यक रहेको उनीहरुको साझा भनाइ छ । 
कार्यक्रममा पत्रकार महासंघ प्रदेश पांचका कार्यवाहक अध्यक्ष भरत केसी, पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागाई, पूर्वअध्यक्षहरु विनोद पहाडी, डिआर घिमिरे, महासंघका सल्लाहकारहरु नारायण सापकोटा, चेतन पन्त, पत्रकार भगवती पाण्डे, दिपेन्द्र बडुवाल, श्यामलाल पोखरेल, यमलाल भुसाल, रेखा भुसाललगातले बोल्दै पेशालाई मर्या्दित बनाउनका लागि पत्रकारहरुले आचारसहिंताको पूर्ण कार्यान्वयन गर्न आवश्यक रहेकामा जोड दिए । 
महासंघका अध्यक्ष यानेन्द्र जीसीको अध्यक्षता, उपाध्यक्ष दिनेश पाण्डेको स्वागत र सचिव रामप्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top