जलवायु परिवर्तनसँग लड्न शाकाहारी खानेकुरा: संयुक्त राष्ट्रसङ्घ

समाज साउन २४ २०७६ ekhabarnepal
 108239490 vegdiet index getty 3

बीबीसी 

संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले शाकाहारी खानेकुराले जलवायु परिवर्तनका नकारात्मक प्रभावससँग जुध्न मद्दत गर्ने बताएका छन्।

भूमि प्रयोग र जलवायु परिवर्तनसम्बन्धी एउटा प्रमुख प्रतिवेदनले पश्चिमा मुलुकहरूमा हुने मासु र दुग्ध उत्पादनको ठूलो खपतले विश्वको तापमान बढाइरहेको बताएको छ।

तर वैज्ञानिक र अधिकारीहरूले सबैलाई शाकाहारी बन्न अनुरोध भने गरेका छैनन्।

उनीहरूले मानिसहरूले मासु कम खाएमा थोरै जमिनको प्रयोग गरेर हुने कृषि उत्पादनले धेरै मानिसहरूलाई खुवाउन सकिने बताएका छन्।

संसारका १०७ वैज्ञानिकहरूले राष्ट्रसङ्घको इन्टरगर्भर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज,आईपीसीसी, का लागि तयार पारेको प्रतिवेदनले भूमिलाई प्रभावकारी उपयोग गरे यसले मानवले उत्सर्जन गर्नेभन्दा धेरै कार्बन सोस्न सक्ने बताइएको छ।

यो प्रतिवेदन स्वीट्जरल्याण्डको जिनीभामा भएको एक छलफलपछि अन्तिम रूपमा आएको हो।

"हामी मानिसहरूलाई मासु नखानु भनिरहेका छैनौँ। केही स्थानमा अरू विकल्प नै छैन। तर पश्चिममा हामी धेरै नै मासु खाइरहेका छौँ," वातावरण वैज्ञानिक प्राध्यापक पिट स्मिथले बताए।

सो प्रतिवेदनले जलवायु परिवर्तनका कारक भूक्षय र मरुभूमिकरण रोक्न जोडदार कार्य गर्न अनुरोध गरेको छ।

खानेकुरा र जलवायु परिवर्तनको सम्बन्ध
जलवायु परिवर्तन हाम्रो आहारा आपूर्तिको सुरक्षाका लागि खतरा हो। बढ्दो तापक्रम, बढ्दो वर्षा र मौसमसम्बन्धी प्रतिकूल अवस्थाहरूका कारण बाली र वस्तुभाउलाई असर परिरहेको छ।

तर खानेकुरा उत्पादनले पनि विश्व तापमानलाई असर गरिरहेको छ। कृषि र वनकार्यबाट एक तिहाइ हरित ग्यास उत्सर्जन हुन्छ।

वस्तुभाउले पनि मिथेन ग्यास उत्सर्जन गर्छन् जसले विश्वको तापमान बढाउँछ।

मासु उत्पादनको वातावरणीय असर धेरै शाकाहारीहरूका लागि महत्त्वपूर्ण छ। ब्रिटेनमा नोबिफ भन्ने एक समूह क्याटरिङ सेवाहरूलाई मासुका परिकार हटाउन अनुरोध गर्छ।

अमेरिकामा शाकाहारी बर्गरहरू मासुजस्तै स्वाद आउने वनस्पती उत्पादनबाट बनाइन्छ।

'कम्प्यासन इन वर्ल्ड फार्मिङ' का पिटर स्टेभेन्सन भन्छन्: "जलवायुका सम्बन्धमा हाम्रो लक्ष्य प्राप्त गर्ने हो भने मासुको खपत कम गर्नै पर्छ।"

तर चीनसहित केही स्थानहरूमा मासुको खपत बढिरहेको छ।

रुखले कार्बन सोस्दैन र?

मानवीय गतिबिधिका कारण उत्सर्जन गर्ने अतिरिक्त कार्बन ग्यासले विशेषगरि उत्तरी गोलार्धामा वनजङ्गलका लागि सहयोगी हुन्छ।

यसले पनि जलवायु परिवर्तन गर्न सहयोग गर्छ तर यो सबै सन्तुलनमा भर पर्छ। विज्ञहरूका अनुसार यदि पृथ्वी धेरै तात्यो भने यो सम्भावना कम हुन्छ।

प्रतिवेदनका अनुसार भूमध्यरेखा नजिकका स्थानमा तापक्रमको परिवर्तनले वनस्पतिहरू हराउन थालिसकेका छन्।

माटोले पनि सोस्छ?

जलवायु प्रणालीबाट माटोलाई कहिलेकाहीँ वास्ता गरिदैँन तर माटो समुन्द्रपछि दोस्रो ठूलो कार्बन भण्डारण गर्ने वस्तु हो।

वनस्पतिले हावाबाट सोसेका कार्बन डाइअक्साइडहरूलाई माटोमा भण्डार गर्छन्। तर वनविनाश र नराम्रो कृषि अभ्यासले माटोको क्षमता कम गर्छन्। भूक्षय हुँदा कार्बन हावामा फर्किन्छ।

जलवायु परिवर्तनले यो कार्यलाई तीब्र बताउँछ।

"बढी प्रयोगले माटोको क्षयिकरण भइरहेको स्पष्ट छ र त्यसले जलवायु परिवर्तनलाई अझ नराम्रो बनाउँदै छ," प्राध्यापक स्मिथ भन्छन्।

"भूमि समस्याको अंश हो तर यदि यसलाई विचार गरेर सही प्रयोग गर्ने हो भने यो समाधानको अंश पनि हो।"

समस्या समाधान गर्न सकिन्छ?
मानिसले भूमि प्रयोग गर्ने तरिका परिवर्तन गर्ने कुरा सहज छैन किनभने यसले कृषिकार्यमा ठूलो परिवर्तन खोज्छ।

तरपनि वैज्ञानिकहरूले यस्ता सुझाव दिएका छन्:

वनजङ्गल जोगाउने
रातो मासु कम खाने र हरियो तरकारी धेरै खाने
बालीको बीचमा रुख रोप्ने
बालीको प्रकार सुधार गर्ने
 

प्राप्त प्रतिकृयाहरू

To Top