घरजग्गा विहिन ५० परिवारलाई घर हस्तान्त्ररण

समाज साउन २३ २०७६ ekhabarnepal
Kanchan

बुटवल,साउन २३ ।
कंचन गाँउपालिकाले घरजग्गा विहिनहरुलाई आज घर तथा जग्गा हस्तान्त्ररण गरेको छ । घर र जग्गा नभएका सवै वडाका ५० परिवारहरुलाई एक–एक कट्ठा जमिन सहित २ कोठे घर हस्तान्त्ररण गरेको होे ।

वडा नं. १ मा ५, वडा नं.२ मा ३०, वडा नं.३ मा ५, ४ मा ५, र ५ मा ५ वटा घर हस्तान्त्ररण गरिएको गाँउपालिकाले बताएको छ । जसमा दालित समुदायका २५ र मुसहर समुदायका २५ परिवार सहित ५० परिवारले घर र जमिन पाएका छन् ।

सो अवसरमा प्रमुख अतिथी ने.क.पाका राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टाराईले दुई तिहाईको ने.क.पा.को सरकारले समृद्धि बोलिमा मात्र सिमित नराखेर ब्यवहारमा नै लागु गरि विकास निर्माणका काम संग–संगै घरबार विहीनहरुलाई पहिचान गरि उनीहरुलाई गास, बास, कपासको व्यवस्था गर्ने र जिवनस्तर उठाउने खालका योजना अगाडि बढाएको बताउनु भयो । साथै उहांले यस कार्यक्रम देशै भर गरिने जानकारी दिनु भयो ।

प्रदेश ५ ने.क.पाका प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य भुमिश्वर ढकालले सरकारले जनतालाई महसुस हुने खालका कार्यक्रम गर्न लागिएको उल्लेख गर्नु भयो ।

कंचन गाउपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले चुनावमा वाचा गरे अनुसार काम गरि रहेको उहांको भनाई थियो । विकासका कार्यमा सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गरे गाउँपालिकाको विकास राम्रो हुने बताउनु भयो ।

संघिय सरकार, तराई मधेस समृद्धि कार्यक्रम र कंचन गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएका ५० वटा घर निर्माण एक करोड दश लाख कुल लागत रहेको कंचान गाँपालिकाका प्रमु्ख प्रसशाकिय अधिकृत कृष्ण प्रसाद पन्थीले बताउनु भयो ।
हालसम्म गाँउपालिकाले १ सय ५० परिवारलाई घरनिर्माण गरिदिएको कञ्चन गाँउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले जानकारी दिनुभएको छ । साथै उहाँले अबको ३ बर्षभित्र कञ्चन गाँउपालिका भित्र रहेका अति बिपन्न घरबारबिहिनलाई पुर्णरुपमा बासको ब्यवस्था गर्ने बताउनुभएको छ।


गाउँपालिका उपाध्यक्ष गोमा तरामु मगर, प्रम्ुख प्रसशाकिय अधिकृत कृष्ण प्रसाद पन्थी लागएतले कंचान गाँउपालिकाको विकासका लागि आफुहरु दिनरात जनताको सेवामा लागि परेको बताउनु भयो ।

त्यस्तै कञ्चन गाउँपालिकामा गाउँ कार्यपालिकाको कार्यलय भवन शिलान्यास गरिएको छ । प्रमुख अतिथि भट्टराईले एक कार्यक्रमका विच शिलान्यास गर्नुभएको हो । कन्चन गाउँपालिकामा आफ्नै भवन निर्माण गरी जनताका लागि सहज र सरल तरिकाबाट छिटोछरितो सेवासुबिधा दिनका लागि गाउँपालिकाको आन्तरिक विकास अन्तरगत प्रशासनिय कार्यालय निर्माण गर्न लागिएको छ ।

भवन शिलान्यास गर्दै प्रमुख अतिथी राष्ट्रिय सभासद भट्टराईले कन्चन गाउँपालिका विकास कार्यमा कटिबद्ध भै अगाडि बढेकोमा खुशी ब्यक्त गर्दै बुद्ध जन्मस्थल लुम्बिनीसंगै जोडेर विकासका काम गर्न सके कञ्चन क्षेत्रलाई पनि समृद्ध बनाउन सकिने बताउँदै दानापुर ताल र गैडहवा ताललाई ब्यवस्थित गरि धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकिने बताउनु भएको छ । लुम्बिनी (रुद्रपुर(फायरलाईन सडकलाई स्तरोन्नती गर्नमा आफुले पहल गर्नुपर्ने बताउनुभएको छ ।


यस्तै कार्यक्रमका विशिस्ट अतिथि प्रदेश ५ का सभासद भुमिश्वर ढकालले यस क्षेत्रको विकासका लागि आफु सधैं अग्रपंक्तिमा रहेर प्रदेशबाट कञ्चनको समग्र विकासका लागि बजेट छुट्याएको र यो वर्षबाट प्रदेशका काम जेठ मसान्तभन्दा पछि नहुने नीति बनाएको जाकारी गराउनुभएको थियोे।

उहाँले दानापुर देखि बेलडाँडा जोड्ने पुलका लागि ४ करोड, दानापुर तालको लागि गत वर्षको २ करोडलाई निरन्तरता दिइएको, हरैया देखि बाँसगढिको बाटोको लागि २ करोड ५० लाख, कञ्चन ४ र ५ को सडकका लागि ५०(५० लाख, हरैया बजारलाई शहरीकरण गर्ने लगायतका विकास कार्यमा बजेट छुट्याएको बताउँदै जनताले अनुभुती गर्ने गरी जन्ताको सरकार पनि रहिछ भन्ने वातावरण बनेको बताउनुभयो ।

कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले स्वच्छ तरिकाले गाउँपालिकाको रकम सबै विकासमा लगाउने बताउँदै कहिकतै केही कमि हुन नदिइ अब लगत्तै सेवाग्राहीलाई सहज र सरल हुने गरी भवन बनाउन लागेको र कार्र्यालय निर्माणका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो ।

अध्यक्ष क्षेत्रीले ५ वर्ष भित्र गाउँपालिकामा ८० प्रतीशत सिञ्चाइ सुबिधा पुर्याउने, कञ्चन खोलामा २ वटा झोलुङ्गे पुल निर्माण गर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गर्ने साथै वैदेशिक सहायतामा पशुसेवा कार्यलय निर्माणका लागि इन्जिनियरले नक्सा तयार गरेको पनि जानकारी गराउनुभएको छ ।

यस्तै उहाँले सबैलाई समेट्ने गरि काम गरेको र काम गर्ने क्रममा केही कमिकजोरी भएकोमा सच्याउदै जाने तर भ्रष्टाचार भएको छ भन्ने सुनेकोमा दुख व्यक्त गर्दै यदि कहिकतै आफुले भ्रष्टाचार गरेको भेटियो भने अध्यक्ष पदबाट राजीनामा दिने समेत बताउनु भएको छ । कार्यक्रममा नेकपाका कञ्चन अध्यक्ष भरतमणी सापकोटाले विकासका कार्यमा कञ्चन अगाडि बढेको, र पार्टिले सहयोग र सचेत गराउदै जाने बताउनु भएको थियोे ।

यस्तै नेपाली काङ्ग्रेस कञ्चनका सभापति यम बहादुर क्षेत्रीले बोल्दै राम्रा काममा सहयोग गर्ने र विकासका कार्य समयमै र दिगो हुनुपर्ने बताउनु भएको थियोे ।
 ५ करोड ३ लाख २१ हजार ९०५ रुपैयाँ लागतमा निर्माण हुन लागेको कार्र्यालय २ वर्ष भित्र सम्पन्न गर्ने गरि जेभी ग्रुप काठमाडौलाई ठेक्का दिइएको छ । गाउँपालिकाका उपाध्यक्ष गोमा तरामु मगरको स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थिको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्राप्त प्रतिकृयाहरू

To Top