दलित घरमा निःशुल्क सोलार बत्ती वितरण

समाज साउन २१ २०७६ ekhabarnepal
Solar 3

अर्घाखाँची, साउन २१। अर्घाखाँचीको छत्रदेव गाँउपालिका भित्रका सबै घरधुरीमा सोलार बत्ती बलेको छ । गाँउपालिकाले दलित घरधुरीमा दलितघर उज्यालो कार्यक्रम अन्तर्गत सबै घरमा निशुल्क सोलार वितरण गरेको हो ।

निशुल्क सोलार पाएपछि दलित घरपरिवारहरु हर्षित भएका छन । आर्थिक अभावका कारण विजुली बाल्नबाट बञ्चीत दलित परिवारको घरधुरीहरु निशुल्क सोलारपाएपछि हर्षित भएका हुन ।

गाँउपालिका भित्र रहेका ११ सय ४७ दलित घरधुरीमा निशुल्क सोलार बत्ती वितरण गरिएको गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । दलित उज्यालो वस्ति कार्यक्रम अनुसार दलित घरपरिवारलाई लक्षित गरेर पालिका भित्रका सबै घरधुरीमा चार वटा वल्व बल्ने, मोवाइल चार्ज गर्न समेत मिल्ने सोलार बत्ति वितरण गरिएको उनले बताए ।
छत्रदेव गाँउपालिकाले गत आर्थिक बर्षमानै सबै खरका छाना भएका घर हटाएर जस्ता पाता लगाएर नेपालकै पहिलो खरका छानामुक्त गाँउपालिका बन्न सफल भएको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आयोजनामा वडा नं. ६ को ठुलापोखरामा दलित उज्यालो वस्ति कार्यक्रम अनुसार दलित घरपरिवारलाई लक्षित गरेर आठओटै वडामा गरि झण्डै १२ सय सोलार बत्ति वितरण गरिएको वडा अध्यक्ष कमल पौडेलले बताए ।

गाउँपालिकाले आर्थिक वर्ष ०७५।७६ को विनियोजित बजेटबाट अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिकाले सम्पुर्ण वडाहरुमा समान रुपले विकास गरेको छ । गाउँपालिकालाइ जिल्लाको मात्र नभई देशकै नमुना गाउपालिकाको रुपमा विकास गर्दै अगाडी बढेको गाउँपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले बताईन । ठुलापोखरामा आयोजना गरेको दलित समुदायलाइ निशुल्क सोलार बत्ती बितरण कार्यक्रम र जन्म, मृत्यु, विवाह, बसाइसराइ र सम्बन्ध बिच्छेदको अनलाइन दर्ता घटनाको शुभारम्भ भएको छ ।

सबै दलित घरमा निशुल्क सोलार वितरण भएसँगै उज्यालोमा सबै बस्न पाउँने गरी स्थानिय सरकार आएको महसुस जनताले गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले बताए । स्थानिय सरकारले निशुल्क सोलार वत्ती वितरण गरेसँगै स्थानिय दलित बासिन्दाहरु अत्यन्तै हर्षित भएका छन् । 
 

प्राप्त प्रतिकृयाहरू

To Top