महासचिव पौडेलद्वारा बुटवल कालिका क्याम्पस भवनको  शिलन्यास

समाज साउन २१ २०७६ ekhabarnepal
1

 बुटवल, श्रावण २१ 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले बुटवल १० मा रहेको बुटवल कालिका क्याम्पसको नयाँ भवनको शिलन्यास गर्नुभएको छ ।

करिब २० करोडको लागतमा बुटवल उपमहानगरपालिका (१० मा निर्माण हुने क्याम्पस भवनको आज विहान एक समारोहका बिच  शिलन्यास  गर्नुभएको हो । 

शिलान्यस समारोहलाई सम्बोधन गर्दै महासचिव पौडेलले बिकास निर्माणका काममा सरोकारवालाको निरन्तर अनुगमन र खबरदारी आवश्यक रहने बताउनुभयो ।

उहाँले रुपन्देहीको बिकासका लागि आफु सधैं अग्रभागमा रहेर काम गर्न तयार भएको बताउंदै निर्माणका चरणमा रहेका आयोजनाहरुमा जनताको निरन्तर अनुगमनको  अपेक्षा गरेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्री लिला गिरी, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, सञ्चालक समिति अध्यक्ष रामचन्द्र क्षेत्री, उपाध्यक्ष अर्जुनमान सैजु, क्याम्पस प्रमुख घनश्याम पाठक लगायतले सम्बोधन गर्नुभएको थियो ।
कालिका र मानवज्ञान मावि गाभिएर कालिकामानवज्ञान मावि र कालिका क्याम्पस निर्माण भएको छ । बुटवलको यो विद्यालय मुलुकमै नमुना मानिन्छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top