विआरआई कनेक्टिभिटीले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा  सघाउ पुग्ने

राजनीति साउन २० २०७६ ekhabarnepal
67668500 871347059908536 7388440705242234880 n

बुटवल,साउन २०
माननीय मुख्यमन्त्री शंकर पोखरेलसंग आज चिनियाँ विआरआई विज्ञ टोलीले भेट गरी विआरआई र यसको कार्यान्वयनले नेपाल र प्रदेश ५ ले लिने फाइदा बारे छलफल गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को विशेषता र संभावना तथा बुद्ध र बौद्ध दर्शनको प्रभावबारे जानकारी गराउँदै विआरआई मार्फत नेपाल र प्रदेश ५ ले लाभ लिने बताउनुभयो । उहाँले नेपालमा विआरआई कनेक्टिभिटीको एक महत्वपूर्ण हिस्सा प्रदेश ५ रहेको बताउनुभयो ।
उहाँले केरुङ काठमाडौं लुम्बिनी रेलवेको काम छिटो अघि बढाउन सक्दा लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्नुको साथै यो क्षेत्र महत्वपूर्ण सम्पर्क विन्दु हुन सक्ने बताउनुभयो । उहाँले कालीगण्डकी करिडोरले बढाउने कनेक्टिभिटी  र ल्याउने अवसर बारे विस्तृत अध्ययन गर्नुपर्ने बताउनुभयो ।
चाइना एकेडेमिक अफ साइन्सका प्राध्यापक लीउ वी डोउको नेतृत्वमा आएको आठ सदस्यीय टोलीले विआरआई मार्फत गर्न सकिने काम र संभावना बारे मुख्मयन्त्रीसंग जानकारी लिएको थियो ।
प्राध्यापक लीउ वी डोउले मुख्यमन्त्रीसंग महत्वपूर्ण छलफल भएको र समय दिनुभएकोमा धन्यवाद दिनुभयो । विआरआई परियोजना मार्फत चीनले आफूसगैं छिमेकको विकास र उन्नतिलाई जोड्न चाहेकोले आगामी दिनमा पनि छलफल गर्दै अघि बढ्ने बताउनुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top