आज तराईका भू-भागमा भारी वर्षाको सम्भावना

समाज साउन ९ २०७६ ekhabarnepal
2

  

काठमाडौं, साउन ९
आज (बिहीबार) तराईका भू-भागमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार विशेषगरी पूर्वी र पश्चिम तराई क्षेत्रमा भारी वर्षा हुनसक्ने महाशाखाका मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए।

‘मनसुनको न्यून चापिय रेखा नेपालको पहाडी क्षेत्रबाट तराई भू- भाग हुँदै दक्षिणतिर गर्दै गएको छ,’ अर्याले नेपालखबरसँग भने, ‘आजदेखि पहाडी क्षेत्रमा पानी पर्ने क्रम घट्दै गएपनि तराई भूभागमा भने भारी वर्षा हुनसक्छ।’

पानी पार्ने प्रणाली पहाडी क्षेत्रमा निस्क्रिय हुन थालेका पहाडी क्षेत्रमा भने हिजोअस्तीको जस्तो आज भारी वर्षाको सम्भावना छैन। तर, प्रणाली सक्रिय नभए पनि पहाडी भू-भागमा पनि सानोतिनो पानी भने पर्न क्ने उनले बताए।

अहिले देशका सबैजसो भू-भागमा सामान्य बदली छ। यतिबेला पूर्वी र मध्यपश्चिम तराईमा भने पानी परिरहेको छ। तराईमा भारी वर्षाको सम्भावना हरेका बाढी र डुबानको जोखिम भने आज पनि कायमै रहने अर्यालले बताए।

महाशाखाको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

श्रावण ९ गते (बिहीबार)
दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ।

रातिः देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

श्रावण १० गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम भेगका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ।

रातीःदेशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ। देशकाे पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारीको सम्भावना छ।

श्रावण ११ गते (शनीबार)

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।

रातीः देशभर सामान्य बदली रहि देशका केही स्थानहरुमा वर्षा हुनेछ।

प्राप्त प्रतिकृयाहरू

To Top