नेकपाका जिल्ला र महानगरको इञ्चार्ज–सहइञ्चार्ज तोकिए विभाग बाँकी

राजनीति साउन ५ २०७६ ekhabarnepal
Ncp meeting 768x512

काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ ओटै जिल्ला र ६ ओटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । भर्खरै सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार बैठकले ७७ ओटा जिल्ला कमिटी र जिल्ला कमिटी सरहकै ६ ओटा महानगरपालिकामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको हो ।

बैठकले बिभाग, केन्द्रीय निकायको बिषयमा भने पर्सि बस्ने सचिवालय बैठकबाट निर्णय लिने सहमति गरेको छ । ‘पर्सि पार्टी कार्यालय धुम्बाराहीमा अर्काे बैठक बसेर बाँकी निर्णय लिइने छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । यसअघि आज साँगठानिक एकताको सवै काम टुंग्याउने घोषणा नेकपाले गरेको थियो । तर पसिएसम्म सारिएको छ ।
तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको १४ महिनापछि नेकपाले आज एकताको बाँकी काम टुंगो लगाउने घोषणासहित बैठक बोलाएको थियो । नेकपामा लामो समयसम्म सहमति जुटन नसक्द्या केन्द्रीय सदस्यको कार्य्बिभाजन, जिल्ला इञ्चार्ज, सहइञ्चार्जको टुंगो लाग्न सकेको थिएन । आज भने इञ्चार्जको टुंगो लागेको हो । 
प्रदेश न.५ का इञ्चार्ज, सहइञ्चार्जहरुको विवरण निम्नानुसार छ ।

  • नवलपरासी पश्चिम ईञ्चार्ज – वैजनाथ चौधरी
  •  रुपन्देही ईञ्चार्ज – लिला गिरी,सहईञ्चार्ज – एकराज विश्वकर्मा, खिमलाल भट्टराई, दधिराम न्यौपाने
  •  कपिलवस्तु ईञ्चार्ज – गिरिधारीलाल न्यौपाने,सहईञ्चार्ज – विमला घिमिरे
  •  पाल्पा ईञ्चार्ज – सोमप्रसाद पाण्डेय,सहईञ्चार्ज – तुलाराम घर्ति 
  •  गुल्मी ईञ्चार्ज – दिनेश पन्थी
  •  अर्घाखाँची ईञ्चार्ज – नजीर मिया,सहईन्चार्ज – सुशीला श्रीपाईली ठकुरी 
  •  प्यूठान ईञ्चार्ज – कृष्णध्वज खड्का 
  •  दाङ ईञ्चार्ज – जीवन गौतम,सहईञ्चार्ज – ईन्द्रजीत थारु, दामाकुमारी शर्मा, नारायणी शर्मा, निर्मल आचार्य, नरुलाल,चौधरी, भागवत विश्वासी, मेठमणी चौधरी, हेमराज शर्मा पोख्रेल, शान्ता चौधरी
  •  रुकुम पूर्व ईञ्चार्ज – खेममान खड्का,सहईञ्चार्ज – कमला रोका, तेजबहादुर ओली 
  •  रोल्पा ईञ्चार्ज – दीपेन्द्र पुन,सहईञ्चार्ज – ताराकुमारी घर्ति, नवीन रोका मगर
  •  बाँके ईञ्चार्ज – दिनेश यादव,सहईञ्चार्ज – पूर्णकुमारी सुवेदी, महेश्वरजंग गहतराज, मोहमद हारुन हलुवाई
  •  बर्दिया ईञ्चार्ज – लक्ष्मण ज्ञवाली सहईञ्चार्ज – तिलकराम शर्मा, सन्तकुमार चौधरी

प्राप्त प्रतिकृयाहरू

To Top