ठेक्का अवधि जेठ मसान्तसम्म गर्न मुख्यमन्त्रीको निर्देशन

समाज साउन ३ २०७६ ekhabarnepal
1

बुटवल, साउन ३
माननीय मुख्यमन्त्री शंकर पोखरेलले विकास आयोजनाको ठेक्का अवधि जेठ मसान्तसम्म हुने गरी अघि बढ्न निर्देशन दिनुभएको छ ।
मन्त्रालयहरुले आयोजना गरेको वार्षिक कार्ययोजना प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उहाँले विकास निर्माणका काम जेठ मसान्तसम्म सक्ने गरी अघि बढ्दा कामको गुणस्तर र प्रभाव बढ्ने बताउनुभयो । ‘असार लागेपछि बर्षायाम शुरु हुने भएकाले कामको गुणस्तर कमजोर हुन्छ, आर्थिक वर्षको अन्त्यमा हतार हतारमा बजेट कार्यान्वयन गर्ने प्रवृति अन्त्यको लागि जेठ मसान्तलाई बजेट कार्यान्वयनको समयसीमा मानौ—उहाँले भन्नुभयो । उहाँले साना आयोजनालाई आबको आठ महिनाभित्र टुंग्याउने गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले चरंग—झुम्सा वाइपास सडकमा यो आव भित्रै गाडी चल्न सक्ने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले लुम्बिनी प्रादेशिक अस्पताललाई पूर्वाधार र व्यवस्थापकीय दृष्टिले राम्रो बनाउन गुरुयोजना बनाएर काम गर्न निर्देशन दिनुभयो । उहाँले वन क्षेत्रमा ठूला जलाशय बनाउने कामलाई अभियानका रुपमा अघि बढाउने गरी अघि बढ्न निर्देशन दिनुभयो । अहिले साना पोखरी बनाएर त्यसको प्रभाव नदेखिने भएकाले ठूला जलाशय बनाउन योजना बनाएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । उहाँले वनलाई संरक्षणसगैं वन पैदावर उत्पादन केन्द्रका रुपमा विकास गर िअघि बढ्नुपर्ने बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी केन्द्रीत भएर गर्न निर्देशन दिनुभयो ।‘लुम्बिनी र यससंग सम्बन्धित स्थलहरुमा पर्यटन प्रवद्र्धनको काममा ध्यान दिऔं, त्यसपछि अरु सम्पदालाई जोडौं—उहाँले भन्नुभयो । उहाँले निग्लिहवा र गोटिहवामा बुद्धमूर्ति प्रतिस्थापन र रामग्रामको बौद्धकालीन संग्रहालय नमूना बन्नुपर्ने बताउनुभयो । उहाँले पाल्पा दरबार संग्रहालय प्रदेशको सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।त्यसैगरी सुस्तामा बनाउन लागेको मोडेल भिलेजमा मोडेल होमस्टे बनाउन निर्देशन दिनुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top