प्रदेश ५ को भिजिटर गाइड सार्वजनिक

समाज साउन ३ २०७६ ekhabarnepal
1563523308cm toor

बुटवल, साउन ३

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार बुद्धकालिन संग्राहलय निर्माणमा लागेको बताउदै लुम्विनीसंग जोडिएका सडकहरुको बिस्तार र स्तर उन्नतिमा प्राथमिकताका साथ लागेको बताउनु भएको छ ।
 पानस फाउण्डेसनको सहयोगमा उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयले प्रकाशन भिजिटर गाइड पुस्तिकाको बिमोचन गर्दै प्रदेश सरकार लुम्विनीलाई पर्यटन, सम्पदा र संस्कृतीसंग जोडने अभियानमा लागेको बताउनु भयो । 
  
लुम्विनीमा आएका पर्यटकहरुलाई लुिम्वनी तिलौराकोट लगायत प्रदेशका बिभिन्न ठाउमा घुम्न सक्ने गरि योजना अगाडी बढाएको जानकारी गराउँदै मुख्यमन्त्री पोखरेलले यसले प्रदेशको पर्यटन बिकास ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।  
कार्यक्रममा उहाँले “प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रतिबेदन अपूर्ण रहेको प्रतिक्रिया ब्यक्त गर्दै यो प्रतिवेदन प्रदेशको बजेट परिचालनको हो संघीय सरकारले दिएको बजेटको प्रतिवेदन त्यसमा समावेश छैन, भन्नुभयो । 
बिहीवार मात्रै प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रदेश ५ को बजेट परिचालनको अवस्थाबारे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । 

उक्त भिजिटर गाइडमा लुम्विनी र लुम्विनीसंग जोडिएका क्षेत्रहरु संगै प्रदेश ५ का पर्यटकीय र धार्मीक महत्वका क्षेत्रहरुको परिचय समावेश गरिएको छ । पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन भएको तथा आगामी दिनमा जापानीज र चाईनीज भाषामा समेत प्रकाशन गर्ने सोच रहेको प्रदेश सरकारका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरिले बताउनु भयो । 
पानश फाउण्डेशनमा अध्यक्ष डी.आर.घिमिरेले मेहनतकासाथ तयार गरिएको गाइड मन्त्रालयले प्कशन गरेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पालिकास्तरमा यस्ता जानकारीमूलक पुस्तिका तयार गर्न आवश्यक रहेको विचार ब्यक्त गर्नुभयो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top