तिलोत्तमाले भन्यो बुद्धमुर्ति राख्ने योजनामा कुनै बदलाव आउन्न 

समाज साउन २ २०७६ ekhabarnepal
Images

बुटवल, साउन २ 
 सिद्धार्थ राजमार्गको बुटवल–बेलहिया सिक्सलेन सडक डिभाइडरमा राखिएका भगवान गौतमबुद्धका मुर्ति तोडफोडको घटनाप्रति तिलोत्तमा नगर नगर कार्यपालिकाको वैठकले घोर निन्दा र भ्रत्र्सना गरेको छ । राष्ट्रिय विभुति, शान्तिका अग्रदुत, महामानव गौतमबुद्धका मूर्तिमा लगाइएको ‘कुदृष्टि’ ले हामी सबै नगरबासीलाई दुःखी बनाएको छ, वैठक पछि जारी विज्ञप्तिमा भनिएको छ,“वुधवार राति नयाँमिलदेखि शंकरनगरसम्मका पाँच वटा मुर्तिमा गरिएको तोडफोडले कानुनी राज्यको उपहास गरेको छ” । 

तिलोत्तमा नगरको कामबाट अत्तालिएको विकास विरोधी तत्वबाट नियोजित र संगठित रुपमा घटना गराइएको ठहर वैठकले गरेको छ । “राष्ट्रकैं गहनामाथि गरिएको यस प्रकारको जघन्य अपराधले हामी सबैको आस्था र विश्वासमा ठेस पुर्याएको छ”,विज्ञप्तिमा भनिएको छ । लुम्बिनीको महत्वलाई उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने पवित्र उद्देश्यका साथ नगरपालिकाले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षलाई समेत सघाउने गरी २०७६ वैशाख १ गतेबाट सिक्सलेन सडकमा बुद्धमूर्ति राख्न सुरु गरेको थियो । 

 पहिलो चरणमा योगिकुटीबाट शंकरपुरसम्म २२ वटा मुर्ति राखिएकोमा यो वर्ष नगरपालिकाको सिक्सलेन अन्तिम बिन्दु कोटिहवासम्म बुद्धमुर्ति राख्ने योजना थियो । नवीन सोंच र पवित्र उद्देश्यका साथ सुरु गरिएको यो कार्यमा सबैको साथ–समर्थन प्राप्त भैरहँदा उत्साहित भएका हामीहरु एक्कासी गराइएको यो घटनाबाट निकै स्तब्ध भएका छौं, वैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । पवित्र कार्यलाई बिथोल्ने, महामानवको मूर्ति तोडफोड गर्ने व्यक्ति, समूहलाई कानुनी दायरमा लिई कडाभन्दा कडा कारवाही गर्न प्रहरी÷प्रशासन समक्ष जोडदार माग गर्दै यो कार्यमा सघाउन नेपाल सरकार, प्रदेश सरकार र सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीलाई नगरपालिकाले आह्वान गरेको छ । 

नगरपालिकाले यो घटनापछि कोटिहवासम्म बुद्धमुर्ति राख्ने योजनामा कुनै बदलाव नआउने र बुद्धमुर्तिको सुरक्षाका लागि विशेष व्यवस्था मिलाइने विश्वास ब्यक्त गरेको छ । 

यसैवीच नेपाल कम्युनिष्ट पार्टी  तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले विज्ञप्ति प्रकाशित गरि गौतमबुद्धका मूर्तिहरु तोडफोड गरिएको घटनाप्रति स्तव्ध जनाएको छ । विज्ञप्तीमा बुद्धमूर्ति तोडफोड जस्तो अराजक गतिविधिप्रति खेद व्यक्त गर्दै उक्त कार्यमा संलग्नलाई पहिचान गरी कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ ।
त्यस्तै बुद्ध मूर्ति व्यवस्थापन समिति, सिद्धार्थनगर नगरपालिकाले पनि विज्ञप्ती जारी गर्दै मूर्ति तोडफोड गरिनु शान्तिविरोधी गतिविधि भएको भन्दै भत्र्सना गरेको छ । उपभोक्ता समिति अध्यक्ष भरतकुमार पाखरेलले बिहीबार जारी गरेको विज्ञप्तीमा मूर्तिमाथि भएको आक्रमण शान्तिका अग्रदूत गौतमबुद्ध माथि आक्रमण भएको महसुस गरेको जनाइएको छ । 
 उपभोक्ता समितिले आगामी दिनमा पनि शान्तिका अग्रदूतमाथि हुन सक्ने यस्ता गैरक्रियाकलाप नियन्त्रण गर्न माग गर्दै सुरक्षा व्यवस्था कडा गराउन प्रहरी प्रशासनलाई आग्रह समेत गरेको छ । मूर्ति कसले तोडफोड गर्यो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।                                                     
 
 

प्राप्त प्रतिकृयाहरू

To Top