असहिष्णुताको पराकाष्ठा, राजमार्गका पाँच बुद्ध मूर्ति तोडफोड

समाज साउन २ २०७६ ekhabarnepal
2

बुटवल,साउन २  । रूपन्देहीको तिलोत्तमा नगरपालिले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो ।

लुम्बिनीको पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर तिलोत्तमाले सिक्सलेन सडक डिभाइडरमा बुद्ध मुर्ति राखेको थियोे । यहा राखिएका २२ वटा मुर्तिमध्ये गएराती ५ वटा तोडफोड भएका छन् ।

तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेका अनुसार बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान तोडफोड भएको हो । मूर्ति कसले किन तोडेको हो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको पनि मेयर घिमिरेले बताए ।‘१ सय १० किलो तौलका मुर्ति सजिलै तोडफोड गर्न सक्ने अवस्थाका थिएनन् । समूहमा आएका ब्यक्तिहरुले नै तोडफोड गरेको अनुमान गरेका छाैँ’, नगरप्रमुख घिमिरेले भने ।


तिलोत्तमाका सडकमा ३ फुटको आसन र ३ फुटको मुर्ति राखिएका थिए । मुर्तिहरु नजिक नजिकको दूरीमा राखिएको थियो । यस किसिमका मुर्ति सिक्सलेन सडक डिभाइडरको २५० देखि ३०० मिटर दुरीमा राखिएको छ ।

६ लेन सडक बुद्धमय बनाउने गरी डिभाइडरमा मुर्तिहरु राखिएको थियो । यहा राखिएका मुर्तिहरु मध्ये शंकरनगर र नया मिलवीचका मुर्तिहरु तोडफोड भएका छन् । 
अहिले घटनास्थलमा प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो।

गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बुद्धमर्ती अनावरण गरेका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top