सम्भावना खोजौं वैकल्पिक उर्जाको

बिचार साउन १ २०७६ ekhabarnepal
Homebiogas   total solution


श्याम गोयनका
सुन्दा अचम्म लाग्नसक्छ, औद्योगिक देश नभए पनि नेपालले प्रतिवर्ष ८० लाख टन कार्बन उत्सर्जन गर्छ । नेपालमा मुख्यतः तीनवटा स्रोतबाट कार्बन उत्र्सजन हुन्छन्ः 
१. खाना पकाउने इन्धन 
२. सवारी साधन 
३. उद्योग, कलकारखाना 
यसमध्ये सबैभन्दा बढी उर्जा खपत खाना पकाउने इन्धनले गर्छ । सिंगो खपतको लगभग ७५ प्रतिशत हिस्सा खाना पकाउने इन्धनले ओगट्छ ।
एउटा मध्यम आकारको परिवारले खाना पकाउन प्रयोग गर्ने इन्धनले वर्षभरिमा  लगभग ६ टन कार्बन उत्सर्जन गर्छ  । त्यस्तै एउटा कारले पनि वर्षभरिमा लगभग ६ टन कार्बन उत्सर्जन गर्छ । बाइक, स्कुटरले कम उत्सर्जन गर्छन् भने धेरै सिसिको इन्जिन भएका अरु ठूला गाडी बढी । यसरी हेर्दा कार प्रयोग गर्ने परिवारले प्रत्येक वर्ष औसतमा १२ टन कार्बन कार्बन उत्सर्जन गर्छ । खाना पकाउन हामीले प्रयोग गरेको इन्धनले वातावरणमा पु¥याउने क्षति केवल कार्बन उत्सर्जनमा सिमित छैन । प्रत्येक वर्ष नेपालमा १ करोड ७० लाख टन बराबरको दाउरा खाना पकाउनकै लागि बाल्ने गरिन्छ । जसले एकातर्पm जंगल विनाश गरिरहेछ भने अर्कोतर्पm गम्भिर स्वास्थ्य समस्या पनि निम्त्याइरहेछ । नेपालमा वर्षेनी आठ हजारभन्दा बढी मानिस घरभित्रको वायु प्रदुषणका कारण मर्ने गर्छन् । यसबाहेक धुँवाका कारण अरु स्वास्थ्य समस्याका शिकार पनि हुने गरेका छन् । नेपालजस्तो सानो भुगोलमा वर्षेनी यतिधेरै जंगल विनाश हुनु डरलाग्दो हो । अर्कोतर्पm शहरी क्षेत्रमा सवारी साधनका कारण भएको प्रदुषण त झनै डरलाग्दो छ । विडम्बना ! संसारका अति प्रदुषित शहरमध्ये काठमाडौं पनि एक हो । 
यो निरन्तरको जंगल विनाश र कार्बन उत्सर्जनबाट दिगो विकल्प खोज्न ढिलो भइसकेको छ । यसको समाधान नवीकरणीय उर्जा नै हो । नवीकरणीय उर्जाका स्रोत धेरै हुनसक्छ । विद्युत, बायोग्याँस, बायोमास, सौर्यउर्जा, वायुउर्जा जस्ता अनेकन् विकल्प छन् । तर दिगो, सुपथ, भरपर्दो र सहज विकल्प पहिलो आवश्यकता हो । नवीकरणीय उर्जाको खाँचो मुख्यतः दुई क्षेत्रमा आवश्यक छ – खाना पकाउने इन्धन र सवारीसाधन । सवारीसाधनको लागि विद्युत भरपर्दो वैकल्पिक उर्जा हुनसक्छ । विद्युतीय सवारीसाधन नेपालमा पनि बिस्तारै प्रयोगमा आउँदैछ । खाना पकाउने इन्धनको विकल्प धेरै भए पनि सहज, सुपथ र प्रभाावकारी विकल्प भने कम छन् । ग्रामीण क्षेत्रमा प्रयोग हुने दाउराको प्रयोगले माथि उल्लेख गरेजस्तै वनविनाश, कार्बन उत्सर्जन र स्वास्थ्य समस्या निम्त्याइरहेको छ भने शहरी क्षेत्रमा प्रयोग हुने एलपिजी (खाना पकाउने ग्याँस)ले नेपाललाई परनिर्भर बनाइदिएको छ । एलपिजी, डिजल, पेट्रोलजस्ता जिवाष्म इन्धनको स्रोत नेपालमा छैन । फेला परे पनि त्यसबाट कच्चा इन्धन निकाल्न र शुद्धीकरणमा मनग्य खर्च लाग्छ । अर्कोतर्पm जिवाष्म इन्धन अनविकरणीय उर्जाको स्रोत हो र त्यसले कार्बन उत्र्सजन गर्छ । 
यी सबै तथ्यले बताउँछन्, हामी अहिले त्यस्तो ज्वालामुखीमाथि बसेका छौं जो फुट्नमात्र बाँकी छ । अनविकरणीय उर्जाप्रतिको अत्याधिक निर्भरताले हामीलाई आर्थिक, वातावरणीय र स्वास्थ्य तीनै पक्षमा कमजोर बनाइरहेको छ । यो अघोषित संकटको अवस्था हो जसको विकल्प खोज्न गरिने थोरै पनि ढिलाई अकल्पनिय दुर्घटनाको निमन्त्रणा हुनेछ । 
यो समस्याबाट पार पाउन दुईजना दुरदर्शी युवा उद्यमी राम अग्रवाल र विपीन खेतानले खाना पकाउने इन्धन र अटोमोबाइलमा नवीकरणीय उर्जामा नयाँ सम्भावनाको खोजी गरिरहेछन् । खाना पकाउने अनविकरणीय उर्जाको विकल्पको रुपमा उनीहरुले होमबायोग्याँस (धधध।अभिबलभलभचनथलभउब।ियचन० ल्याएका छन् । सैद्धान्तिक रुपमा होमबायोग्याँस बायोग्याँसकै एक उन्नत प्रविधि हो । तर यसको प्रविधि, बनोट, प्रयोगमैत्री र प्रभावकारिताको हिसाबले नेपालमा गोबरग्याँसको रुपमा परिचित बायोग्याँसमा भन्दा फरक छ । होमबायोग्याँसबाट निर्माण हुने उर्जाको उपयोग गर्न विद्युतमा जस्तो ग्रिड प्रणाली चाहिँदैन । लागतको हिसाबले यो गोबरग्याँस प्रविधिभन्दा निकै सस्तो छ । सबैभन्दा मुख्य फरक के हो भने होमबायोग्याँसले गोबरग्याँसलेजस्तो ठाउँ ओगट्दैन । गोबरग्याँसको लागि ढलान ट्यांकी चाहिन्छ । होमबायोग्याँस भने घरभित्रै अटाउँछ । यसले बढीमा एउटा सोफाले लिने ठाउँ ओगट्छ । यो निर्माण गर्न मिस्त्री, इन्जिनियर कोही पनि चाहिँदैन । होमबायोग्याँसको सबै संरचना बनिबनाउ हुन्छ जुन एउटा मध्यम आकारको प्याकेटमा अटाउँछ । बढीमा ६० हजार रुपैयाँमा यो प्रविधि स्थापना गर्न सकिन्छ । 
प्रभावकारीताको हिसाबले पनि होमबायोग्याँस निकै अगाडि छ । खासगरी भान्साबाट निस्कने फोहोरमैला, गाईवस्तुको मलबाटै यसबाट उर्जा उत्पन्न हुन्छ । थोरै फोहोरबाट पनि एउटा परिवारलाई पुग्ने उर्जा उत्पन्न हुने भएकाले गाईवस्तु नपालिने शहरी क्षेत्रमा पनि यो उपयोगी छ । भान्सामा उत्पन्न हुने सड्ने फोहोरबाटै उर्जा उत्पन्न गर्न सकिन्छ । उर्जासँगै उत्पन्न हुने प्रांगरिक मलले घरमै तरकारी उब्जाउन सकिन्छ भने बजारमा बिक्री गरेर आर्थिक लाभ पनि गर्न सकिन्छ । 
२०७२ सालमा नेपालले उर्जाको गम्भिर संकट भोग्नुपरेको थियो । त्यतिबेला ग्याँस र मट्टितेलको लाम बस्नुपर्दा नेपाली जनताले त्यसको भरपर्दो विकल्प खोजेका थिए । घर–घरमा ग्याँस पाइप लाइन जोड्ने सपना देखेका थिए नेपालीले । होमबायोग्याँसले त्यो सपना पूरा गरेको छ । 
अहिलेसम्म खेर गईरहेको र त्यसको व्यवस्थापनको लागि स्थानीय सरकारको चुनौती बनिरहेको फोहोर होमबायोग्याँसको माध्यमबाट उर्जा र अथोपार्जनको स्रोत बन्नसक्छ । 
बायोग्याँस प्रविधि नेपालमा सफलतापूर्वक अभ्यास भईरहेछ तर सरकारले यसमा दिनुपर्ने जति चासो दिएको छैन । जुन तदारुकता र उत्साह सरकारले देखाउनुपर्ने हो त्यो देखिँदैन । झण्डै शुन्य लागतमा फोहोरबाट उर्जा र प्रांगरिक मल दिने यो प्रविधीलाई जनस्तरमा लोकप्रिय बनाउन सरकारले तदारुकता देखाउन जरुरी छ । नेपाल सरकारले वैकल्पिक उर्जामा जोड दिएरै ‘वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र’ स्थापना गरेको वर्षौं भइसक्यो तर केन्द्रको काम हुनुपर्ने जति प्रभावकारी हुन सकिरहेको छैन । सरकारले यो परियोजना सहज तरिकाले उपलब्ध गराउन जरुरी छ । यो किन पनि आवश्यक छ भने ‘दिगो विकास लक्ष्य’का १७ वटा उद्धेश्यमध्ये नौ वटा उद्धेश्य पूरा गर्न बायोग्याँसले सघाउ पु¥याउँछ । त्यसैले विश्व बैंक९ध्द्य०, एसियाली विकास बैंक, युएनडिपी, एसएनभी, डेनिडा, डिएफआइडी, युएसएड, जिआइजेड, केएफडब्लु, जिटिजेड, युएनसिडिएफ लगायतका बहुपक्षीय विकास संस्थाहरुले बायोग्याँसमा प्रशस्त लगानी गरिरहेका छन् । तर सरकारले दाताहरुले प्रदान गरेको सहयोगको समुचित प्रयोग गरेको छैन । 
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुले पनि होमबायोग्याँसमा लगानी गर्नु मुनासिब हुनेछ । अहिले फोहोर व्यवस्थापन संसारकै सबैभन्दा ठूलो समस्या बनेको छ । नेपालमा पनि स्थानीय सरकारहरुलाई फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ । अधिकांश फोहोर घरबाटै उब्जने हो । घरको फोहोर घरमै व्यवस्थापन गर्न सकियो भने फोहोर व्यवस्थापनको ठूलो हिस्सा पूरा हुनेछ । त्यो काम होमबायोग्याँसले दिनसक्छ । अहिले पनि पोखरा महानगरपालिका लगायतका केही स्थानीय सरकारले बायोग्याँसका लागि अनुदान दिने गरेका छन् । त्यो अभ्यास अरु स्थानीय सरकारले पनि गर्नु उपयुक्त हुनेछ ।
खाना पकाउने इन्धनको नवीरकणीय विकल्पको रुपमा होमबायोग्याँस  ल्याएका यी दुई उद्यमीले उन्नत प्रकारको विद्युतीय कारका लागि पनि पहल गर्दैछन् । होमबायोग्याँस र विद्युतीय कारको प्रयोगले नेपाललाई छिट्टै नै ‘कार्बनमुक्त’ देश बनाउन सकिनेछ । 
यसबाहेक पनि यी दुई उद्यमीले नवीकरणीय उर्जाको क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजिगरिरहेका छन् । उनीहरुले विश्वभर वृक्षारोपणको अभियान थालेका अभियानकर्मी फेलिक्सलाई पछ्याएका छन् । फेलिक्सले संयुक्त राष्ट्र संघको महासभामा दिएको चर्चित मन्तव्य यहाँ हेर्न सकिन्छ । 
नेपालजस्तो उर्जामा निर्भर रहेको देशले यी उद्यमीको बाटो पछ्याउनु उपयुक्त हुन्छ । नवीकरणीय उर्जाका नयाँ–नयाँ सम्भावनाको खोजी र प्रयोगबाट नेपाललाई उर्जामा आत्मनिर्भर र कार्बनमुक्त बनाउन सकिन्छ । 
आज संसारको ध्यान मुलतः १७ वटा समस्याको समाधानमा केन्द्रित छ जसलाई दिगो विकास लक्ष्य (सस्टेनेबल डिभलपमेन्ट गोल) भनिन्छ । ती १७ लक्ष्य निम्न छन् ः
१. गरिबीको अन्त्य
२. शून्य भोकमरी
३. राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर
४. गुणस्तरीय शिक्षा
५. लैंगिक समानता
६. सफा पानी र सरसफाइ
७. खर्चले धान्न सक्ने स्वच्छ उर्जा
८. मर्यादित काम तथा आर्थिक वृद्धि
९. उद्योग, नवीन खोज र पूर्वाधार
१०. न्यून असमानता
११. शहर र समुदायको दिगोपना
१२. जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन
१३. जलवायु सम्बन्धी कार्य
१४. जलमुनिको जीवन
१५. भूसतहको जीवन 
१६. शान्ति, न्याय र सशक्त संस्थाहरु
१७. यी लक्ष्यका लागि साझेदारी  


यी मध्ये निम्न आठ लक्ष्य पुरा गर्न होम बायोग्याँसले सघाउँछ । 
१. गरिबीको अन्त्य
३. राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर
५. लैंगिक समानता
६. सफा पानी र सरसफाइ
७. खर्चले धान्न सक्ने स्वच्छ उर्जा
११. शहर र समुदायको दिगोपना
१३. जलवायु सम्बन्धी कार्य
१५. भूसतहको जीवन 

प्राप्त प्रतिकृयाहरू

To Top