तथ्यमा आधारीत रहेर बोल्न मुख्यमन्त्री पोखरेलको सुझाव

राजनीति असार ३० २०७६ ekhabarnepal
1563166415shankar pokhrel


बुटवल आषाढ ३० । मुख्यमन्त्री शंकर पोखरेलले तथ्यमा आधारीत रहेर बोल्न प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन । 
तथ्यमा फरक परे जनताको बिश्वास घटछ नैतिकतामा प्रश्न उठछ त्यसैले तथ्यलाई ध्यान दिनुस मुख्यमन्त्रीले भने । 
प्रदेश ५ आन्तरीक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको संसदीय अभ्यास र ब्यवस्थापन कार्यबिधी सम्वन्धी अतरक्रियामा बोल्दै मुख्यमन्त्री पोखरेलले नैतिकतामा प्रश्न उठने गरी प्रस्तुत नहुन प्रदेश सभा सदस्यहरुलाई आग्रह गरेका हुन । 
सञ्चारमाध्यममा आएका बिषयहरु सत्य र तथ्यमा आधारीत नहुन पनि सक्छन तर संसदहरुले बोल्दा तथ्यमा आधारीत रहेर बोल्नु पर्छ उनले भने । 
प्रदेश सभा सोमवारको बैठकमा नेकपाकै सदस्य तुलाराम (बसन्त) घर्तीमगरले प्रदेश सरकारले असारको १५ दिनमा गोष्ठि र सेमिनार जस्ता कार्यक्रम गरेर १५ दिनमा डेढ अर्व भन्दा बढी रकम सकाएको भनेर आरोप लगाएका थिए । 
सत्ता पक्षकै सांसद घर्तीले असारको १५ दिनमा १ अर्व ५५ करोड सेमीनार र गोष्ठिमा खर्च गरेको भनेर आरोप लगाएका थिए । 
मुख्यमन्त्री पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा हुने हरेक बिकास निर्माणका कामको अनुगमन गर्न समेत आग्रह गरे ।
तपाईको निर्वाचन क्षेत्रमा जाने हरेक बजेटको सहि ढंगले सदुपयोग भएको छ छैन हेर्ने काम तपाईहरुको अधिकारक्षेत्र भित्र पर्छ सहि ढंगले अगाडी बढेको छ छैन भनेर अनुगमन गर्नुस उनले भने । 
मुख्यमन्त्रीले प्रदेश ५ अन्य प्रदेश भन्दा सफल र ब्यवस्थीत रहेको भन्दै अरु प्रदेशका माननीयहरुले प्रदेश ५ बाट सिक्ने अवस्थामा ल्याउने काम प्रदेशसभा सदस्यहरुको समेत रहेको बताए ।

प्राप्त प्रतिकृयाहरू

To Top