चिनियाँ विकासका अनुभव नेपालीहरुका लागि उपयोगी ः मुख्यमन्त्री

राजनीति असार २७ २०७६ ekhabarnepal
1

बुटवल, असार २७

चिनिया कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा प्रदेश नं. ५का मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा चीनका दुई प्रान्त सिचुवान र क्वीचौ भ्रमणमा गएको २० सदस्यीय टोली स्वदेश फर्किएको छ । दश दिनका लागि ती दुई प्रान्तको भ्रमणमा गएको टोलीले ती प्रान्तका विभिन्न सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको अवलोकन÷भ्रमण गर्ने अवसर समेत प्राप्त ग¥यो ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै उक्त भ्रमणवारे जानकारी गराउनु भएको छ । भ्रमण अवसरमा ती ठाउँहरुको अवलोकन भ्रमण गर्नुका साथै केही महत्वपूर्ण समझदारी समेत गरिएको छ । प्रदेश  नम्बर पाँच र चीनको सिचुवानप्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर गरेपछि सिचुवान  प्रान्तका गभर्नर इनलीले चीन र नेपालबीच असल छिमेकीको सम्वन्ध रहि आएको भन्दै यस्तो उच्चस्तरको भ्रमणले आगामी दिनमा दुई देशबीच र प्रदेश–प्रदेशबीच थप असल सम्वन्ध स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । 
नौ करोड १० लाख जनसंख्या भएको सिचुवान प्रान्त चीनको चौथो ठूलो प्रान्त हो । छलफलमा गभर्नर लीले यो समझदारीले प्रदेश नम्बर पाँचका जनता र सरकारबीचको सम्बन्ध अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्रीले यो भ्रमणले दुई प्रदेश, पालिका र जनताबीचको सम्बन्ध अझ बलियो हुने र दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले गर्भनर लीलाई शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश पाँच भ्रमणको लागि निम्ता दिनुभयो ।
त्यसैगरी मुख्यमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका उपप्रमुख शाओ ल्याङ्गबीच भेटवार्ता भयो । भेटवार्तामा मुख्यमन्त्रीले नेपाल चीन सम्बन्ध निकै पुरानो भएको र यो सम्बन्धलाई प्रगाढ बनाउँदै लैजान द्विपक्षीय भ्रमणले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल सधैं एक चीन नीतिमा प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो । उहाँले विआरआई नेपाल चीनबीचको कनेक्टिभिटीको महत्वपूर्ण हिस्सा बन्ने र विआरआईमार्फत रेल काठमाडौं हुँदै लुम्बिनीसम्म जोडिने कुराले प्रदेश पाँचका नागरिक खुशी भएको बताउनुभयो ।
उपप्रमुखल्याङ्गले नेपालले लिएको एक चीन नीतिको प्रतिबद्धताप्रति धन्यवाद दिदै समृद्ध नेपाल र खुशी नेपाली बनाउने लक्ष्यमा चीनको सहयोग रहने बताउनुभयो । 
त्यसैगरी भ्रमणकै क्रममा दाङको घोराही उप–महानगरपालिका र सिचुवानको यान सीटीबीच पनिभगिनी सम्वन्ध कायमगर्ने समझदारीपत्रमा हस्ताक्षर भयो । घोराहीउप–महानगरपालिकाका मेयर नरुलालचौधरी र यान सिटीका उपप्रमुख खाइहुनशोङले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा यान सिटीका प्रमुख चीन टओको पनिउपस्थिति रहेको थियो । 
त्यसैगरी भ्रमणकै क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिका र क्वीचौ प्रदेशको ल्युफाशोय सहरबीच पनि समझदारीपत्रमा हस्ताक्षर भयो । करीब ३५ लाख जनसङ्ख्या रहेको सो सहर र ठाकुरबाबा नगरपालिकाबीचको समझदारीले सम्वन्ध थप प्रगाढ हुने छ । तीनओटै समझदारीपत्रमा भएका हस्ताक्षरले दुई देशबीचको सम्वन्ध, दुई देशबीचका जनताको सम्बन्ध र दुई देशबीचका संगठनको बीचमा अझ प्रगाढ सम्वन्ध स्थापित हुँदै जाने छ । 
त्यसैगरी भ्रमण टोलीले भ्रमणका क्रममा चीनले गरिबी निवारणका सन्दर्भमा गरेका प्रयासहरुलाई नजिकबाट अवलोकन गर्ने अवसर प्राप्त गर्यो । सन् २०२० सम्ममा चीनले गरिबी अन्त्यगर्ने योजनाका साथ जसरी उसले आफ्नो योजनालाई अघि बढाएको छ, त्यो योजनालाई मुख्यमन्त्रीले असाध्यै प्रभावकारी रुपमा लिनु भएको छ । 
पछिल्लो समय चिनिया कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सि जिनफिङको नेतृत्वमा गरिबी निवारणको जुन प्रयासहरु अघि बढेका छन् । त्यसले समाजवादका लागि एउटा आशा जगाएको देखिएको छ । भ्रमणका क्रममा त्यसलाई प्रत्यक्ष रुपमा त्यसको अनुभव गर्ने अवसर समेत प्राप्त भयो । मुख्यमन्त्रीले यो महत्वपूर्णउपलब्धीकालागि चिनिया कम्युनिष्ट पार्टी र चिनियाँ सरकारलाई धन्यवाद दिनु भएको छ । भ्रमणपछि उहाँले चिनियाँ विकासका अनुभवहरु हामी नेपालीहरुका लागिउपयोगी हुन सक्ने र हामी छिमेकीको विकासको अनुभवबाट पनि केही सिक्दै समृद्धिको यात्रालाई अघि बढाउने तयारीका साथ जुटिरहेको बताउनुभएको छ ।

भ्रमणका क्रममा चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागले देखाएको सद्भाव, भ्रमण गरेका दुई प्रान्तका पार्टी नेतृत्व र त्यहाँको नेतृत्वले गरेको सम्मानप्रति पनि मुख्यमन्त्रीले आभार व्यक्त गर्नुभएको छ । त्यसैगरी भ्रमण टोलीले भ्रमणका क्रममा केही सिक्ने र अनुभव बटुल्नका लागि देखाएको चासोप्रति पनि मुख्यमन्त्रीले धन्यवाद दिनु भएको छ । भ्रमणबाट कृषि, पर्यटन, ऊर्जा, भौतिकपुर्वाधार, शिक्षा, स्वास्थ्यका लागि चीनले गरेका प्रयास र गरिबी निवारणका लागिच ालेका कदम अनुकरणीय छन् । 
अन्त्यमा यो भ्रमणका लागि सहजीकरण गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्व र सरकारप्रति पनि मुख्यमन्त्रीले आभार प्रकट गर्नु भएको छ । 


 

प्राप्त प्रतिकृयाहरू

To Top