पत्रकार महासंघको आन्दोलन फिर्ता

राजनीति असार २४ २०७६ ekhabarnepal
Fnj

काठमाडौँ,असार २४ – मिडिया काउन्सिल विधेयकलाई लिएर आन्दोलित भएको नेपाल पत्रकार महासंघ आन्दोलनका कार्यक्रम फिर्ता लिन तयार भएको छ ।

राष्ट्रियसभा सचिवालयमा वैशाख २७ गते दर्ता भएको विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै महासंघले तेस्रो चरणको आन्दोलन गर्दै आएको थियो ।

मंगलबार सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र राष्ट्रिसभाका मुख्य सचेतक खिमलाल भट्टराईलाई ज्ञापनपत्र बुझाएपछि महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको हो ।

औपचारिक निर्णय हुन भने केही दिन लाग्ने एक केन्द्रीय सदस्यले जानकारी दिए । सचेतक भट्टराईले महासंघले उठाएका सवालप्रति आफूहरु गम्भीर रहेको र विषयक पारित गर्ने क्रममा त्यसलाई सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।

महासंघले विधेयकमा रहेको काउन्सिलको स्वायत्तता, जरिवानालगायतका विषयमा असहमति जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top