बुद्धिष्ट सर्किट निर्माण गर्न मिडियामार्फत पैरवी गर्ने दुबै देशका पत्रकारको प्रतिबद्धता 

समाज असार २४ २०७६ ekhabarnepal
1

पर्यटन प्रवद्र्धनका लागि ८ बुदे घोषणा पत्र
 
भैरहवा,असार २४ ।
नेपाल भारतका पत्रकारहरुको सोमवार भैरहवामा सम्पन्न नेपाल भारत पर्यटन प्रवद्र्धन विषयक छलफल कार्यक्रमले ८ बुदे घोषणा पत्र जारी गरेको छ ।
लुम्विनी भ्रमण बर्ष २०७६ को सन्दर्भमा भ्रमण वर्ष सचिवालयको आयोजनामा भएको बैठकले नेपाल भारतको पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमहरुबाट सहयोग पुर्याउने प्रतिबद्धता सहित ८ बुदे घोषणा पत्र जारी गरेको हो ।
यस्ता छन् नेपाल–भारत पर्यटन प्रवद्र्धनका लागि गरिएका आठ बुँदे प्रतिबद्धता
१ नेपाल भारत दुबै देशका पर्यटकहरुलाई दुबै देशमा सहज ढंगले भ्रमण गर्ने व्यवस्था मिलाउन, दुबै देशका नागरिकका निजी तथा सार्वजनिक सवारी साधनलाई दुबै देशमा सहज र समान ढंगले प्रयोग गर्ने वातावरण बनाउन दुबै देशका सरकारलाई आग्रह गर्दै यी विषयमा नियमित कलम चलाउने प्रतिबद्धता व्यक्त गर्दछौं । 
२ बुद्ध जन्मस्थल पावन भूमि नेपालको लुम्बिनी, बुद्धले ज्ञान प्राप्त गरेको स्थान बोधगया, ज्ञानप्राप्तपछि पहिलो पटक धर्मदेसना (प्रवचन) गरेको स्थान सारनाथ र बुद्धले महापरिनिर्वाण गरेको कुशीनगरलाई समेटेर बुद्धिष्ट सर्किट निर्माण गर्न दुबै देशका सरकारले गरेको प्रतिबद्धता तत्काल कार्यान्वयनमा लैजान माग गर्दै दुबै देशका पत्रकारहरुले मिडियामार्फत पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । 
३ नेपालको हिमालदेखि भारतको समुन्द्र जोड्ने सिधा र सहज मार्ग निर्माण गरि पर्यटन प्रवद्र्धन गर्न दुबै देशका सरकारको ध्यानाकर्षण गराउँदै मिडियाको माध्यमवाट प्रतिवद्ता ब्यक्त गर्दछौं । 
४ भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि भारतका पर्यटकीय सहरसम्म सिधा हवाई सेवा जोड्न तथा नौतनवा रेल वे स्टेशन देखि बोधगया, लखनउ, दिल्लीलगायतका सहरहरुसंग सिधा रेल सम्पर्कको वातारण बनाउन मिडियाका माध्यमबाट दबाब सिर्जना गर्ने प्रतिवद्ता ब्यक्त गर्दछौं ।
५ दुबै देशका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसारका लागि संयुक्त योजना बनाउन भेटघाट, छलफल र अन्तरक्रियालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछौं । 
६ दुबै देशका पत्रकारहरुले आआफ्ना मिडियाका माध्यमबाट आपसी सद्भाव र  भाइचारा कायम गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । 
७ दुबै मुलुकले आयोजना गर्ने अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम, भ्रमण वर्ष वा अन्य कार्यक्रमहरु गर्दा दुबै देशका मिडिया र मिडियाकर्मीलाई सहभागी गराउन दुबै देशका सरकारलाई आग्रह गर्दछौं । 
८ नेपालको प्रदेश नं. ५ र भारतको उत्तर प्रदेशमा क्रियाशिल पत्रकारहरुका बीचमा निरन्तर समन्वयका लागि यथाशीघ्र साझा संस्था निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।  
सो अवसरमा वोल्दै प्रदेश ५ का उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्विनीमा अन्र्तराष्टिय पर्यटकलाई भित्र्याउन भ्रमण बषृको घोषणा गरेको जानकारी गराउदै यसलाई सफल बनाउन नेपाल भारतका पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने बताउनु भयो । उहाले भारतीय पर्यटकका लागि नेपालमा कुनै कठिनाई हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै नेपाली पर्यटकलाई पनि सहज वातावरण बनाउन भारतका पत्रकारहरुले पनि कलम चलाउनु पर्ने बताउनु भयो ।
अन्तरक्रिया सहितको बैठकमा लुम्विनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, सिद्धार्थनगरका नगर प्रमुख हरीप्रसाद अधिकारी,पूर्व बिधायक बिनोद पहाडी, भारत नेपाल मैत्री समाजका अध्यक्ष अनिल गुप्ता, डा. गितु गिरी,डिआर घिमिरे,बिष्णु शर्मा,शान्त कुमार शर्मा लगायतले बोल्नु भएको थियो । 
नरेश केसीको सञ्चालन र भरत केसीको स्वागतमा कार्यक्रम भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top