नेपालद्वारा सिंगापुर २१७ रनले पराजित

खेल असार २० २०७६ ekhabarnepal
D sibhkvuaaewwr 1

काठमाडौं, असार २०

नेपालले सिंगापुरविरुद्ध २१७ रनको सहज जित हात पारेको छ । 

मलेसियामा भइरहेको एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपालले सिंगापुरलाई ३२७ रनको विशाल लक्ष्य दिएको थियो । 

जवाफी ब्याटिङमा उत्रेको सिंगापुर ३९.१ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनायो । 

नेपालका लागि कुशल मल्लले ४, तिलक भण्डारीले २, रशिद खान र सागर ढकालले १,१ विकेट लिए । 

क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर पूरै ब्याटिङ गर्दै नेपालले चार विकेटको क्षतिमा ३२६ रन बनायो । 

नेपालका लागि रित गौतमले ११५ रनको योगदान दिए । १३७ बल खेलेका उनले एक छक्का र १० चौका प्रहार गर्दै अविजित रहे । 

खड्क बोहोराले ९० रनको योगदान दिँदा कुशल मल्लले अविजित ५१ तथा पवन सर्राफले ४५ रन जोडे । 

बलिङतर्फ सिंगापुरका प्रणव सुदर्शन राजेश कृष्णन् र भिनित चितेस मेहताले समान दुई /दुई विकेट लिए । 

यसअघि भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top