सरकारका कामको पार्टीले अपनत्व लिई जनतामा पु¥याउन आग्रह

राजनीति असार १७ २०७६ ekhabarnepal
Pm 2

काठमाडौँ, असार १७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विगत डेढ वर्षको अवधिमा सरकारले थुप्रै महŒवपूर्ण काम गरेको तर पार्टीले त्यसको अपनत्व लिई जनतामा पु¥याउन नसकेको बताउनुभएको छ । 
नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका कतिपय साथी सरकारप्रति प्रतिपक्षी दलभन्दा नकारात्मक भएको गुनासो गर्दै सरकारले गरेको कामलाई जनतामा पु¥याउने पार्टीको काम रहेको स्पष्ट पार्नुभयो । बैठकमा सहभागी सांसद रामेश्वरराय यादवका अनुसार प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट राम्रो आएको र त्यसलाई समयमै कार्यान्वयन गर्दा देखिने गरी काम हुुने छ भन्नुभयो । 
प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा बजेट लैजान आफूले कसैलाई दबाब नदिएको स्पष्ट पार्दै यससम्बन्धी भ्रममा नपर्न आग्रह गर्नुभयो । 
अहिले प्रतिपक्षी दलले अनावश्यक विषय झिकेर सरकारलाई बदनाम गराउने काम गरिरहेको चर्चा गर्दै उहाँले यसमा पार्टीपङ्क्ति सतर्क रहनुपर्ने बताउनुभयो । “यो सरकार पाँच वर्षसम्म टिक्छ, माइतीघरमा हल्ला गर्दैमा यो सरकार ढल्दैन”, प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । 
गुठी विधेयक, लोक सेवा आयोगले गरेको विज्ञापन, सञ्चारसम्बन्धी विधेयकमा प्रतिपक्षीले अनावश्यक रूपमा उचालेर सरकारलाई बदनाम गराउन खोजेको भन्दै उहाँले गुठी विधेयकको विषयमा अध्ययन गरेर मात्र ल्याउने जानकारी दिनुभएको सांसद यादवले बताउनुभयो । 
कुनै विधेयकबारे बोल्दा अध्ययन गरेर मात्र बोल्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको सांसद गौरीशङ्कर चौधरीले जानकारी दिनुभयो । सरकारले ल्याएका कतिपय विधेयकमाथि आफ्नै पार्टीका नेताले विरोध गर्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले कुनै विधेयकबारे बोल्दा सबभन्दा पहिले त्यसबारे अध्ययन गर्नुस्, विज्ञबाट सल्लाह लिनुस् अनि मात्र बोल्नुस् भनी सुझाव दिनुभएको थियो 
असार मसान्तभित्र एकता टुङ्गिने 
दुइटा पार्टी दुई विचार भएको, दुई तरिकाले सङ्घर्ष गरेर आएको हुनाले अलि अलि ठासठुस हुन्छ, त्यसमा आत्तिन नहुने बताउँदै उहाँले सबै कुरा विस्तारै मिल्दै जाने बताउनुभयो । असार मसान्तभित्र सबै कुराको समाधान हुने बताउँदै प्रधानमन्त्री ओलीले ठूला दुइटा पार्टी मिलेका छन्, सबै कुरा मिल्न अलि समय लागे पनि अब चाँडै टुङ्गिने स्पष्ट पार्नुभयो । 
एकता प्रक्रियाका लागि शीर्ष नेताबीच दैनिक छलफल भइरहेको बताउँदै उहाँले यसबारे थोरै ढिला भएकोमा अन्यथा नलिन आग्रह गर्नुभयो । प्रधानमन्त्रीले यो एकता प्रक्रिया भाँडियोस् भनी प्रतिक्रियावादी लागेका छन्, पार्टीका कमजोरी खोजिरहेका छन् र त्यसैमा टेकेर पार्टीभित्र खेल्न खोजेको टिप्पणी गर्नुभयो । 
उहाँले अन्तर्राष्ट्रिय शक्तिले पनि पार्टी एकतालाई राम्रो रूपमा लिएको छैन, पार्टीभित्र विवाद होस् र एकता भताभुङ्ग होस् भन्ने चाहना रहेकोप्रति सांसदलाई सचेत गराउनुभयो । 
एकताको अन्योल धेरै दिन रहँदैन : प्रचण्ड
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता प्रक्रिया चाँडै नटुङ्गिएका कारण पार्टीमा अन्योल देखिएको हो तर यो अन्योल धेरै दिन रहँदैन भन्नुभयो । उहाँले भन्नुभयो, “एकता प्रक्रिया टुङ्गो लगाउन हामी लागिपरेका छौँ । केही दिनमा एकता टुङ्गो लाग्छ । ” आफूले आँट गरेर दुई दलबीच एकता सम्भव भएको बताउँदै उहाँले त्यो एकता प्रक्रिया पूरा गर्न केही समय लागे पनि हामी दुई जना अध्यक्ष मिलेर एकता प्रक्रिया चाँडै टुङ्ग्याउँछौंँ भन्नुभयो ।

 

प्राप्त प्रतिकृयाहरू

To Top