विप्लव समूहसँगको भीडन्त, हेलिकोप्टरमार्फत सुरक्षाकर्मी परिचालन

राजनीति असार १६ २०७६ ekhabarnepal

संखुवासभा,असार १६ 

संखुवासभामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको खोजी गर्न काठमाडौंबाट हेलिकोप्टरमार्फत थप प्रहरी पठाइएको छ ।

बिहान सिलिचुङ गाउँपालिका–१ होयाङ्ग्लामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएपछि काठमाडौंबाट थप टोली पठाइएको हो ।

नेपाली सेनाको सेनाको एमआई –१७ हेलिकप्टरमाफर्त सशस्त्रका २५ र जनपदका २५ जनाको टोली पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा पठाइएको टोली हेयाङ्लामा अवतरण गरेको छ ।

बिहान जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट 'सर्च अपरेशन'मा गएको सात जनाको टोली र सशस्त्र प्रहरी बलको १० जनाको टोलीमाथि होयाङग्लामा नेकपाका कार्यकर्ताले फायरिङ गरेकाे प्रहरीले जनाएकाे छ । 

जवाफी फायरिङपछि विप्लव समूहका कार्यकर्ता भागेको र उनीहरुको खोजी कार्य जारी रहेको बताइएकाे छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top