एसईईको कारण अर्घाखाँचीकी सदीक्षा पौडेलले आत्महत्या गरिन्

समाज असार १४ २०७६ ekhabarnepal
Sadikshya zehi1ika7a

काठमाडौं,असार १४

 काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै एसईई परिक्षाको नतिजाको कारण शनिबार दिउँसो एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भई चन्द्रागिरी १२ बलम्वु दुरसञ्चार श्री बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी सदीक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् । 

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काका अनुसार एसईईमा ‘ए प्लस’ नतिजा नआएको भन्दै सदीक्षाले आत्महत्या गरेको हुनसक्ने जानकारी दिए । 

बलम्वु माध्यामिक विद्यालयबाट पौडेलको एसईईमा ३ जिपीए ३.६ आएको थियो । सदीक्षाको शव शिक्षण अस्पताल महाराजगञ्ज पोस्टमार्टमको लागि पठाइएको प्रहरीले बताएको छ ।

पछिल्लो समय बालबालिकाहरुलाई एसईईको कारण ज्यान गुमाईरहेका छन् । स्कूलमा शिक्षक र अभिभावकहरुले आफ्नो बच्चाहरुलाई उचित परामर्श दिन नसक्दा यस्ता दुर्घटनामा वृद्धि भइरहेको इन्सपेक्टर खड्काले बताए । 

बेलैमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्राप्त प्रतिकृयाहरू

To Top