पुस्तकको करलाई ज्ञानमा लगाइने करको रुपमा नलिन आग्रह

अर्थ असार १३ २०७६ ekhabarnepal
Arthamantri khatiwadaaa 1718872165


काठमाडौं, असार १३  । अर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तकको आयातमा लाग्ने करलाई ज्ञानमा लगाइने करको रुपमा नलिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले पुस्तक व्यापारको नाममा ठूलो अवैधानिक रकम परिचालन हुने दाबी गरे ।

उनले भने, “यसरी पुस्तक आयातमा कर लगाउँदा विदेशमा लगेर पुस्तक छाप्ने र नेपालमा बेचेर मनग्य नाफा कमाउने कार्यमा अंकुश लाग्छ । विदेशमा छापेर नेपाल बेच्न ल्याउँदा यही उत्पादन हुने पुस्तकले कसरी प्रतिस्पर्धा गर्न सकुन् ।” उनले पुस्तकमा ३० देखि ४० प्रतिशतसम्म दिइन सकिने छुटबाट १० प्रतिशत कर तिर्न कुनै समस्या नहुने तर्क पनि गरे । उनले भने, “हाम्रा कृति नेपालमै छापिउन्, नेपालीले सस्तोमा पढ्न पाउने भन्ने उद्देश्यले पुस्तक आयातमा भन्सार लगाइएको हो ।”

प्राप्त प्रतिकृयाहरू

To Top