एसइईको नतिजा आज सार्वजनिक हुने

समाज असार १२ २०७६ ekhabarnepal

काठमाडौँ,असार १२
 परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज (बिहीबार) सार्वजनिक गर्ने तयारी गरेको छ ।

विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

कार्यालयले बुधबार नै परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज (बिहीबार) परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिएको छ ।

कार्यालयले दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको जनाउँदै प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

परीक्षा नियन्त्रक विष्णु प्रसाद अधिकारीले कुनै प्राविधिक समस्या नआए बिहीबार नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए ।

यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top