विप्लव समूहका उच्च नेता बालुवाटारबाट गिरफ्तार

राजनीति असार ९ २०७६ ekhabarnepal
Narbadhur karki final

काठमाडौँ,असार ९ – प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका अन्तराष्ट्रिय मामिला विभागसँग आबद्ध नरबहादुर कार्कीलाई गिरफ्तार गरेको छ । प्राप्त जानकारीअनुसार उनलाई बालुवाटारस्थित एक रेष्टुरेण्टबाट पक्राउ गरिएको हो ।

एक सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै गर्दा पक्राउ परेका कार्की कार्कीलाई प्रहरीले गिरफ्तार गरेको जानकार स्रोतले बतायो ।

‘मोटिभेसनल स्पिकर’ का रुपमा स्थापित कार्की पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका थिए । पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

गिरफ्तार हुनुभन्दा केही घण्टा अघि मात्र कार्कीले फेसबुकमा स्ट्याटसमा ‘जो एनसेल, कोकाकोला, अरुण, कणार्ली, सीमा अतिक्रमण, प्रतिबन्ध गैर न्यायिक हत्या, इण्डोप्यासिफिक जस्ता जस्ता विषयमा मौन वा नजरअन्दा गर्छन्, बस्छन् तिनीहरु या त बेहोस् छन् या त चारो खाने प्राणी हुन् ।’

यसअघि पक्राउ परेका पार्टीका तेस्रो वरियताका नेता हेमन्त प्रकाश ओली अदालतको आदेशनुसार प्रहरी नियन्त्रणमा छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top