रामापिथेकस प्राणी उद्यानको सम्भाब्यता अध्ययन 

समाज असार ९ २०७६ ekhabarnepal
Discussion zoological park

बुटवल, असार ९
बुटवल उपमहानगरपालिका वडा नं. १३ मा स्थापना गरिने रामापिथेकस प्राणी उद्यानको सम्भाब्यता अध्ययन तथा ब्यवस्थापन कार्ययोजनाको मस्यौदा प्रतिवेदनमाथि सोमवार वृहत् छलफल गरियो ।
प्रदेश सरकारको तवर्mवाट वन निर्देशनालयमार्फत् गरिएको सो अध्ययनले जितेश्वरी तथा चारपाला सामुदायिक वनको करिब ८० हे. जग्गामा आधुनिक, उत्कृष्ठ, अनुसन्धानमूलक, मनोरञ्जनात्मक र प्रेरणादायी उद्यान वनाउन सम्भव भएको निष्कर्ष निकालिएको छ । 
संरक्षण विकास फाउण्डेशनले गरेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै संरक्षणविद् जुद्ववहादुर गुरुङ्गले आगामी वर्ष यसको गुरुयोजना र डीपीआर वनाउनुपर्ने वताउनु भएको छ । उहाँले सो कामका लागि कानुनी र सुरक्षा चुनौति रहेकोले प्रक्रियागत रुपमै अघि वढ्नुपर्ने सल्लाह दिनुभयो । वन्यजन्तु संरक्षणका लागि अपनाउनुपर्ने विभिन्न उपायकावारेमा पनि उहाँले सुझाव पेश गर्नुभयो । 
सो अवसरमा प्राणी विज्ञ डा. कमल गैरेले यसको प्राविधिक, आर्थिक चुनौति र अवसरवारे प्रस्तुत गर्नुभयो ।
सो अवसरमा प्रदेश सभासद् भोजप्रसाद श्रेष्ठले उपमहानगर, प्रदेश र संघीय सरकार तथा दातृ निकायको सहयोगमा यसको निर्माणलाई अघि वढाउन सकिने धारणा प्रस्तुत गर्दै तत्काल संयन्त्र गठन गरि अघि वढ्न आग्रह गर्नुभयो । 
सामुदायिक वन उपभोक्ता समूहमा अध्यक्ष जंगवहादुर श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार डी.आर.घिमिरेले सहजीकरण गर्नुभएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top