भोलि मंगलवार नेपाल बन्द 

राजनीति असार ९ २०७६ ekhabarnepal
1851176379biplab

बुटवल,असार ९ ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि मंगलवार नेपाल बन्द आब्हान गरेको छ ।
सर्लाहीमा आफ्नो पार्टीका जिल्ला जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको बिरोधमा बिप्लव नेतृत्वको पार्टीले भोलि नेपाल बन्दको आब्हान गरेको हो ।
सर्लाहीको लालबन्दीमा दोहोरो गोली हानाहानमा पौडेलको मृत्यु भएको प्रहरीले बताउदै आएको छ भने बिप्लवको पार्टीले पार्टीका अन्य कार्यकर्ताहरुसंग बसेर छलफल गरिरहेका बखत प्रहरीले अचानक गोली प्रहार गरेको बताउदै आएको छ ।
पार्टीका महासचिव विप्लवले एक बिज्ञप्ती जारी गरी सरकारले देशभर बर्बरतापूर्वक हत्या अभियान सञ्चालन गरेकोले त्यसका विरुद्ध नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको बताउनु भएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top