प्रहरीको गोलीवाट  विप्लबका इन्चार्ज कुमार पौडेलको मृत्यु

राजनीति असार ५ २०७६ ekhabarnepal
Paudel

सर्लाही, असार ५ गते । प्रहरीको गोली लागेर प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मृत्यु भएको छ । 
जिल्लाको बागमती नगरपालिका २ धरहरा घर भएका पौडेल बिहिवार दिउँसो लालबन्दी नगरपालिका वडा नम्वर १ र १० को सीमामा पर्ने चन्द्रपुर जङ्गलमा प्रहरी कारवाहीमा मारिएका हुन् । प्रहरीले दोहोरो भीडन्तमा उनी मारिएको र अन्य केही कार्यकर्ता भाग्न सफल भएको दावी गरेको छ । 
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर चोकबाट झण्डै तीन किलोमिटर उत्तरमा पर्ने घटनास्थल बाँसघारीमा रगत लतपतिएको भेटिएको छ ।

 
 

प्राप्त प्रतिकृयाहरू

To Top