शन्तरामलाई पितृशोक 

समाज असार ३ २०७६ ekhabarnepal
Kallu prd chaudhary

भैरहवा, असार ३ । नेपाल थारु संघ रुपन्देही जिल्ला अध्यक्ष सन्तराम चौधरीलाई पितृशोक परेको छ । उनको बुबा कल्लु प्रसाद थारुको सोमबार निधन भएको छ । रुपन्देहीको किसान आन्दोलनमा अग्रहणी भूमिका खेलेका कल्लु प्रसाद थारु पन्चायतकालमा टिकुलीगढ गाउपन्चायतको तत्कालिन उपप्रधान समेत थिए । 
विक्रम सम्बत २००० सालमा ओमसतिया गाउपालिका वडा नं १ को केवटलीयामा जन्मिएका स्वर्गिय कल्लु प्रसाद बहुदल प्राप्ती पश्चात नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । चार भाई छोरा र तीन छोरीको पिता रहेका उनको निधन प्रति थारु कल्याणकारणी सभा रुपन्देहीले दुखः व्यक्त गरेको छ । 
सभापति सतिष चौधरीले थारु कल्याणकारणी सभाका जिल्ला सल्लाहकार सन्तराम चौधरीलाई परेको पितृशोक प्रति गहिरो दुखः व्यक्त गरेका छन् । सभापति चौधरीले रुपन्देहीको थारु आन्दोलनमा कल्लुप्रसादको प्रेरणा मार्गनिर्देशनको रुपमा रहिरहने समेत बताए । 
यसैगरी खेलकुद क्षेत्रबाट पनि थारुको निधनप्रति दुख व्यक्त गरिएको छ । खेलकुद विकास समिती रुपन्देहीका पूर्व अध्यक्ष भरत बहादुर के.सी.ले खेलकुद क्षेत्रका विशेष सहयोगी सन्तराम चौधरीका बुबा कल्लु प्रसाद थारुको निधनले आफुहरुलाई स्तब्ध तुल्याएको बताए । 
स्वर्गिय थारुका माहिला सुपुत्र सन्तराम आदीबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीका निर्वतमान अध्यक्ष समेत हुन् । नेपाली कांग्रेसका नेता समेत रहेका चौधरी रुपन्देहीको सामाजिक तथा राजनीतिक क्षेत्रमा अगुवा व्यक्तित्व हुन् । बुबाको प्रेरणा र सहयोगले सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय भईरहेका चौधरीले तिलोत्तमा नगरपालिका वडा नं १३ करौजियामा चौधरी फुड प्रोडक्स नामक उद्योग पनि सन्चालन गर्दै आएका छन् । 
 

प्राप्त प्रतिकृयाहरू

To Top